श्रेणीविहीन कर्मचारीको स्थायी पदपूर्ति गर्न माग

श्रेणीविहीन तल्लो तहका कर्मचारीको स्थायी पदपूर्ति गर्न माग गर्दै लोक सेवा आयोगलाई ज्ञापनपत्र बुझाइएको छ ।काठमाडौँस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर आम आदमी पार्टीले श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाउन माग गर्दै आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलाई ज्ञापनपत्र बुझाएका हुन ।

बिज्ञापन

आजपा प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा गएको टोलीले आयोगका प्रमुख रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै आफूहरुको माग यथाशीघ्र पुरा नगए कडा सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । आजपाले श्रेणीविहिन तल्लो तहमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई स्वतः स्थायी गर्नुपर्ने, नयाँ भर्ना भएका हकमा आन्तरिक प्रतिस्पर्धाद्धारा स्थायी गर्नुपर्ने र लामो समयदेखी पारदर्शी, स्वतन्त्र एवं निष्पक्ष नियुक्ति प्रक्रियाबाट बञ्चित आम नेपालीको हकमा यथाशिघ्र आवश्यक तयारी पुरा गरी स्थायी पदपूर्तीका लागि नयाँ विज्ञापन खुलाउन माग गर्दै लोकसेवा आयोगमा ज्ञापन पत्र बुझाएको हो ।

बिज्ञापन

विगत लामो समयदेखि सवारी चालक, कार्यालय सहयोगी, सुरक्षागार्ड, मालि, मेस्तर, हुलाकी, हलकारा, सरसफाई कर्मचारी जस्ता श्रेणीविहिन तल्लो तहमा काम गरिरहेका कर्मचारीहरुलाई स्थायी नगरिदा उहाँहरुको ग्रेड बृद्धि तथा सेवानिवृत/पेन्सनको सुविधा वा लाभबाट बञ्चित भई दासत्वको जीवन बाच्न बाध्य हुनुपरेको छ,’ आजपाले आयोगलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

बिज्ञापन

यस्ता कर्मचारीहरुले हाकीम तथा नेताको अनुचित चाकडी गर्नुपर्ने, निर्दिष्ट जिम्मेवारीका आलावा पनि थप अतिरिक्त सेवा गर्नुपर्ने, कथित आउटसोर्सिङको नाममा श्रम र पारिश्रमिक दुवैमा व्यापक शोषण हुने, निगाहको भरमा नातागोता, आसेपासे र असक्षम व्यक्तिहरुले अवसर पाईराख्दा ईमन्दार र सक्षम व्यक्तिहरु अवसरबाट बञ्चित हुनुपर्ने अवहेलना, अपमान सहित विभिन्न किसिमको(शारिरीक, मानसिक, आर्थिक आदी) शोषण एवं विभेदको शिकार हुनुपर्ने जस्ता नारकीय समस्याहरुको सामना गर्नुपर्ने परिस्थिति खडा भएको छ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

लोक सेवा आयोगमा ज्ञापन बुझाउदै आजपाले त्यसको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, सिंहदरबारलाई समेत बुझाएको छ ।

यता ज्ञापनपत्र बुझेपछि आयोगका अध्यक्ष रेग्मीले लोकसेवाको कार्यक्षेत्र भित्र नपर्ने जबाफ फर्काएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीका लागि मागिएको एनटीएनसीको गाडी कहाँ पुग्यो ? मन्त्रालयको अभिलेखमै छैन, प्रयोगकर्ताबारे पनि अन्योल

सामान्यका दुई कर्मचारी बर्खास्त,अध्ययन बिदामा विदेश हराउनेको खोजी तिव्र

कर्मचारीहरू कोही बिदा बस्दै, केही राजीनामा दिँदै

निजामती विद्येयकमा ३०- ५५ प्रावधानबारे सांसदको प्रश्न,मन्त्रीको अस्पष्ट जबाफ

शाखा अधिकृत,सब इन्जिनियर,लेखापालसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी नियुक्ति,अख्तियारले चलायो मुद्धा

मन्त्रीका लागि भन्दै गाडी मागेर कस्ले बनायो दम्पच ?

रेग्मी अवकाशमा,निमित्त अध्यक्षको जिम्मेवारी बेलबासेको काँधमा

बिशेष