राती सिसिटिभी बन्द गरेर कीर्ते नागरिकता वितरण गर्ने कर्मचारी पक्राउ

लमजुङ । जिल्ला प्रशासन कार्यालयको एउटा घट्ना अहिले चर्चामा छ । सीसीटीभि बन्द गरी रातीको करिब १० बजे नागरिकता वितरण गरेको घट्नाले अहिले चर्चा पाएको हो । घट्ना हो, फागुन २२ गते बिहिबारको ।
कार्यालय समय सक्किएको ५ घण्टा पछि अर्थात रातीको करिब १० बजे जिल्ला प्रशासन कार्यालय लमजुङमा बेसीशहरकी एक युवतीको नागरिकता बन्यो । नागरिकता नं. ४५१०२६–१३८७७ रहेको ३४ बर्षीय गुरुङ थरकी ती युवतीलाई प्रशासनको सीसीटीभि समेत बन्द गरी नागरिकता प्रदान गरियो ।

बिज्ञापन

गुरुङ थरकी ती युवती आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गरी नागरिकतामा बाबुको नाम परिवर्तन गरेर नक्कली छोरी बनि बेलायत जान खोजेको देखिन्छ । पछिल्लो नागरिकता बनाउँदा ती युवतीले कर्मचारी, नेता लगायतका व्यक्तिलाई निकै ठुलो रकम खर्च गरेको समेत पाइएको छ । चैत २२ गते जारी मिति राखेर बनाएको नागरिकतामा राखिएको बाबुको नाम भने, साईनोले युवतीको बाजे पर्छन् । ती बाजे बेलायती कार्डवाला हुन् ।

बिज्ञापन

अझ रोमाञ्चक कुरा के छ भने, सोही राती कार्यालयको सीसीटीभि बन्द हुनु, नागरिकता फाँटका कम्प्युटर अप्रेटर विदामा रहनु, नागरिकता राति १० बजेतिर सुटुक्क बनाएर वितरण गरिनु, वडाबाट आएको सिफारिस भन्दा फरक विवरणमा नागरिकता जारी हुनु र प्रत्येक कर्मचारीले यो विषयमा आफु अनविज्ञ रहेको भन्दै पन्छिन खोज्नुले ठूलै योजना र रकमको चलखेल भएको प्रष्ट हुन्छ ।किर्ते नागरिकता बनाउने हुन् जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा कार्यरत चितवन घर भएका २७ बर्षीय अशोक भण्डारी र बेसीशहर नगरपालिका–४ घर भएकी ३४ बर्षीय सविता गुरुङ ।

जिल्ला प्रशासन कार्यालयबा लमजुङबाट नागरिकता नं. ४५१०२६–१३८७७ रहेको ती युवतीको गत फागुन २२ गते राती सीसीटीभि समेत बन्द गरी किर्ते नागरिकता बनाएपछी प्रहरीले ती युवतीलाई चैत्र १४ गते बिहिबार र प्रशासनका कर्मचारी भण्डारीलाई चैत्र १५ गते शुक्रबार पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट किर्ते नागरिकताको मुद्दामा म्याद थपको अनुमति लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

बिज्ञापन

ती युवती आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गरी नागरिकतामा बाबुको नाम परिवर्तन गरेर नक्कली छोरी बनि बेलायत जान खोजेको देखिन्छ । पछिल्लो नागरिकता बनाउँदा ती युवतीले कर्मचारी, नेता लगायतका व्यक्तिलाई निकै ठुलो रकम खर्च गरेको समेत पाइएको छ । चैत २२ गते जारी मिति राखेर बनाएको नागरिकतामा राखिएको बाबुको नाम भने, साईनोले युवतीको बाजे पर्छन् । ती बाजे बेलायती कार्डवाला हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जना नियुक्त

‘लाली’ र ‘करेन्ट’ चाउचाउ विषक्त, बजारबाट फिर्ता गर्न सरकारको आदेश

सरकारी ठेक्का ह्याकिङ प्रकरण शहरीका सुब्बा कारागार चलान,ठेकेदारहरुलाई धरौटीमा छाड्ने आदेश

ठेकेदारमाथि मन्त्रीको कडा शैली : प्रहरी लगाएर पीएकहाँ बुझाउन आदेश

दुई उपमहानिर्देशकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी,प्रदीप अधिकारीसँगको ‘कनेक्सन’

आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै,सहसचिवको संयोजकत्वमा सिफारिस समिति गठन

स्मार्ट टेलिकम,इन्भेष्टमेन्ट बैंकपछि सीआईबीको अनुसन्धान एनसेलतिर

सचिवको असन्तृष्टि : ‘यो मन्त्रालयको नाम हो कि एनजीओको ?’

बिशेष