गृह मन्त्रालयले दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यज्ञराज जोशीलाई मन्त्रालय तानिएको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनमा गृहसचिव गोकर्णमणि दवाडीस्तरीय निर्देशनबाट जोशीलाई मन्त्रालय तानिएको छ ।
बिज्ञापन
गृह मन्त्रालयको गत वर्ष चैत्र ६ गते कैलालीका सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका यज्ञराज जोशीलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको थियो ।सिडियो जोशीको एक वर्षपछि दार्चुलाबाट गृहमन्त्रालयमा सरुवा भएको हो ।
जोशीको स्थानमा जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रजिअ अनिल पौडेललाई पठाइएको छ ।यससँगै दार्चुलाका हालका प्रजिअ यज्ञराज जोशीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।



































