गृह मन्त्रालयले १० जना उपसचिवहरूको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयले आज मङ्गलबार १० जना उपसचिवहरूको सरुवा तथा पदस्थापना गरेको हो।
बिज्ञापन
सरोज कोइरालाको जिल्ला प्रशासन कार्यालय मोरङ, नरेन्द्र परियारको जिल्ला प्रशासन कार्यालय अछाम, शान्ति महतको जिल्ला प्रशासन कार्यालय धनुषा, किरणनिधि तिवारीको जिल्ला प्रशासन कार्यालय रौतहट मा पदस्थापना गरिएको छ ।
बिज्ञापन
त्यस्तै झविलाल भट्टराईको जिल्ला प्रशासन कार्यालय अर्घाखाँची, भोलानाथ गुरागाईको जिल्ला प्रशासन कार्यालय धनुषा, उमेश कुमार दाहालको जिल्ला प्रशासन कार्यालय इलाम, कुलेश्वर अर्यालको जिल्ला प्रशासन कार्यालय कास्कीमा पदस्थापना गरेको छ भने जितेन्द्र कुमार यादव र गङ्गाबहादुर क्षेत्रीको गृह मन्त्रालय अन्तर्गत सरुवा गरेको छ।