प्राधिकरणमा उपकार्यकारी निर्देशक र निर्देशकहरुको सरुवा

नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक र निर्देशकहरुको सरुवा गरेको छ । कुलमानलाई हटाएर नियुक्त भएका हितेन्द्रदेव शाक्यले आफू अनुकुलको टिम बनाउँदै कर्मचारीहरु हेरफेर गरेका हुन । नियुक्त भए लगतै प्रवक्तालाई हटाएका हितेन्द्रले अहिले उच्च तहका कर्मचारीहरुको सेट परिवर्तन गरेका हुन ।

बिज्ञापन

प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले १२ औं तहका दीर्घायु कुमार श्रेष्ठलाई वितरण तथा ग्राहक सेवा निर्देशनालय सरुवा गरिएको छ । उनी प्रसारणलाइन निर्देशनालयमा कार्यरत थिए ।

बिज्ञापन

यस्तै लोड डिस्प्याच सेन्टर (एलडीसी) प्रमुखको जिम्मेवारी रञ्जु पाण्डेललाई दिइएको छ । एलडीसी प्रमुखका रुपमा कार्यरत चन्दन घोष सरुवा भएका छन् । घोष प्राधिकरणको प्रणाली योजनामा सरुवा भएका छन् । शाक्य प्रबन्ध निर्देशकमा नियुक्त भएर आएपछि प्रवक्ताको जिम्मेवारी राजाभाई शिल्पकारलाई दिइएको छ । गत चैत ११ गते सरकारले हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशकमा नियुक्त गरेपछि उनले सर्वप्रथम प्राधिकरणका प्रवक्ता फेरेका थिए । प्राधिकरणको साविकका प्रवक्ता घोषलाई हटाएर कार्यकारी निर्देशकको सचिवालयका निर्देशक राजाभाई शिल्पकारलाई जिम्मेवारी दिइएको छ ।

बागमती प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझा ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग सरुवा भएका छन् । नवराज ओझा ग्राहक तथा वितरण निर्देशनालयमा निमित्त प्रमुखको रुपमा कार्यरत थिए । चुहावट नियन्त्रण महाशाखामा कार्यरत प्राधिकरणका निर्देशक टेकनाथ तिवारी बागमती प्रदेशको प्रमुखमा सरुवा गरिएको छ।

बिज्ञापन

विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले १० औं तह र त्यसमाथिको नियुक्ति, पदस्थापन तथा सरुवाको अधिकार प्रबन्ध निर्देशकबाट खोसेको छ । मंगलबार प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएपछि बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष