‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’:- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी हटाउने र नयाँ जिम्मेवारी दिने सामान्य प्रक्रिया भएको बताएका छन् ।

बिज्ञापन

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले एकजना कर्मचारीको विषयमा प्रश्न उठ्दै आएकाले सदन अबरुद्ध गरी महत्वपूर्ण संसदीय कार्यमा बाधा पुग्न नहुने बताएका हुन् ।

बिज्ञापन

उनले भने,‘केही दिनयता संसद अबरुद्ध छ । सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वभाविक छ । सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो । तर अहिले विषय सामान्य छ, एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ । सदन अबरुद्ध छ, महत्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ । मन्त्रीप्रति लोयल्टी नभएको कर्मचारीसँग मन्त्रीले सहकार्य गर्न सहज मानेन भने हट्छ, यो स्वाभाविक प्रक्रिया हो, देशका महत्त्वपूर्ण विषयमा छलफल गरेर निर्णय गरेर अघि बढ्नुपर्ने समयमा एउटा सामान्य कर्मचारीको विषयमा संसद् अल्झनु हुन्न ।’

साथै उनले अहिले यस विषय अदालतमा विचाराधीन रहेको बताए । यसमा थप चर्चा, परिचर्चा बहस गर्न आवश्यक नरहेको बताए ।

बिज्ञापन

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रतिपक्ष सांसदले जवाफ माग गरेका थिए ।विपक्षीका प्रश्नको सोमबाप्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले मन्त्रीप्रति लोयल्टी (इमानदारिता)नभएको कर्मचारी हट्नु सामान्य प्रक्रिया भएको दोहो¥याए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष