रैथाने कर्मचारीलाई कहिले सरुवा गर्ने भन्दै पशुपतिले दिए सामान्यमा धर्ना

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कसैलाई काखा, कसैलाई पाखा गरेको भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनका संयोजक पशुपति पोखरेलले धर्ना दिएका छन् । उनले सामान्य प्रशासन मन्त्रालयको अगाडि ५ घन्टा धर्ना दिएका हुन् । ऐन र नियमावली अनुसार अवधि नपुगि गरिएका सरुवा वदर गर । पहुँच नहुने निमुखाको वर्ष कति चोटी सरुवा हुन्छ भन्ने मूल नाराका साथ उनले धर्ना दिएका हुन्।

बिज्ञापन

“कसैलाई विरालोले मूसा खेलाएझैं तीन तीन महिनामा यताबाट उता भकुण्डो बनाउने,केहीको हकमा एक दशकसम्म सिंहदरबारको ढोकाबाट दायाँ‑ बायाँ डेगै चल्नु नपर्ने ?” पोखरेलले बताए ।

बिज्ञापन

कर्मचारीहरु परिचालन गर्दै आएको संघीय मामिला तथा सामान्य प्रशासनमा कार्यरत रहेकामध्ये झण्डै २५ प्रतिशत बढी कर्मचारीहरु पाँचदेखि दश बर्षसम्म मन्त्रालयमा जरा गाँढेर बसेको भेटिएको छ । जसमध्ये केही यस्ता कर्मचारी छन्,जो जागिर खाएको साढे दुई दशकसम्म सिंहदरबारको चौघेरा तोडेर बाहिर जानु परेको छैन । उपसचिव जनकराज शर्मा,महेन्द्र कुमार सापकोटा,मोहनकुमार घिमिरे,बन्दना झा,रुपनारायण खतिवडाहरु लामो समय सिंहदरबारमै परिक्रमा लगाएर जागिर खाने डन कर्मचारीभित्र पर्दछन् ।

 

बिज्ञापन

जसमध्ये मोहन घिमिरे जागिर खाए देखि सिंहदरबारको चौघेरा छोडेर कहिल्यै बाहिर नजाने कर्मचारीका रुपमा चिनिन्छन् । शाखा अधिकृत हरि प्रसाद पौडेल,दिपेश पौडेल,शर्मिला न्यौपाने,लेखनाथ भट्टराई,खगेन्द्र पौडेल,जयराम उप्रेती पनि यही लाइनका कर्मचारी हुन । उपसचिव रुपनारायण भ्रष्टाचारको मुद्दामा ५ बर्ष निलम्बनमा परी विशेष अदालतबाट मुद्दा जितेर आएका कर्मचारी हुन । जुन मन्त्री परिवर्तन भए पनि उनी संघीय मामिला तथा सामान्य प्रशासनको कर्मचारी प्रशासनमा रजगज गर्नेमा पर्दछन् । यस अघि कर्मचारी प्रशासन शाखामा रहँदा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको सरुवामा दर रेटै तोकेर कर्मचारी सरुवा गर्दै आएको भेटिएपछि एकनारायण अर्याल सचिव भएको केही समय पछि उनी सरुवामा परेका थिए । एकनारायण अर्याल सचिवबाट हटे लगतै फेरि मन्त्रालयमा छिरेका उनी अहिले संगठन विकास शाखा सम्हालिरहेका छन् । खतिवडा ०७६ देखि खतिवडा सामान्य प्रशासन मन्त्रालयका विभिन्न शाखामा घुमेर जागिर खाइरहेका छन् । यस्तै उपसचिव रेशमलाल कँडेल ०७३ देखि सामान्य प्रशासन मन्त्रालयका शाखा परिवर्तन गरेर जागिर खाने कर्मचारीका रुपमा चिनिन्छन । अहिले कँडेललाई स्थानीय समन्वय शाखाको जिम्मेवारी दिइएको छ। अधिकृत हुँदासम्म पर्यटन मन्त्रालयमा कार्यरत रही पानी बढूवाबाट उपसचिवमा उक्लिएका मोहन कुमार घिमिरेले सरकारी सेवा प्रवेश गरेको २७ बर्ष व्यतित हुँदा यता सिंहदरबारको चैघेरा छोडेर बाहिर जानु परेको छैन । यस अघि अमनलाल मोदी मन्त्री हुँदा उनलाई माधव नेपालकै क्षेत्र रहेको पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको थियो उनी सो पालिकामा खुट्टै टेकेननन्,सिंहदरबारभित्रै बसेर रजगज गरिरहेका छन् । अहिले वातावरणीय तथा विपद् शाखाको जिम्मेवारी सम्हालिरहेका छन् ।

 

त्यहाँका रैथाने कर्मचारीहरुमा सामान्य प्रशासनको पूर्व ट्रेड युनियनको अध्यक्ष गणेश आचार्य,उपसचिव महेन्द्र कुमार सापकोटा, गोविन्द फुँयालदेखि ,शेखरनिधि दाहाल लगायतका नाम आउने गर्दछ । यिनलाई सिंहदरबारको गेट छाडेर अन्यन्त्र कतै जानु परेको छैन । निजामती सेवा ऐनमा बढीमा २ बर्षसम्म बस्न पाउने ऐनमा व्यवस्था हुँदाहुँदै १० बर्षसम्म राख्ने जिम्मेवार पदाधिकारीलाई कारवाही हुनुपर्दछ कि पर्दैन ? यस्तै सामान्यका नासुहरु अक्कलमान महर्जन,रामराज न्यौपाने,नमराज वाग्ले, रामचन्द्र अधिकारी सिंहदरबारस्थित सोही मन्त्रालय छाडेर बाहिर जानु परेको छैन ।

यी मागहरु पूरा नहुन्जेलसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि ५ घन्टा धर्नामा बस्ने आयोजक पशुपति पोखरेलले बताए । उनी धर्नामा छन् । उनीस्वतन्त्र निजामती कर्मचारी अभियानको संयोजक पनि हुन् ।

२०८१ चैत्र १७ गते ११ बजेदेखि ४ बजे सम्म गेटमा धर्ना बसेर बिरोध कार्यक्रम सुरु भएको हो ।पटक पटक मागपत्र बुझाएपनि सम्वोधन नभएका कारण धर्ना गर्नुपरेको उनको भनाई छ । धर्नाकारीले नेपालको निजामती प्रशासनमा भएका विकृति अन्त्यको माग गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।