हेलो सरकारमाथि कस्को हमला ?

हेलो सरकारको वेबसाइट ह्याकरको निशानामा परेको छ । ह्याकरको एक समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारको वेबसाइट ह्याक गरेको हो ।

बिज्ञापन

घुद्रा नामक रूसी ह्याकरको समूहले हेलो सरकारको वेबसाइट ह्याक गरी कब्जामा लिएको हो । ती समूहले आफूलाई फेन्सी बियर्स एपीटी २८ अन्तर्गत रहेको रुसी सैन्य इन्टेलिजेन्ससँग नजिक भएको चिनाउँछन् ।

बिज्ञापन

ह्याकरले हेलो सरकार वेबसाइटमा राखिएका संवेदनशील डेटाहरू डार्कवेबमा बिक्रीमा राखिदिएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइटमा देखिएको समस्या समाधानको प्रयास भइरहेको  जनाएको छ । हेलो सरकारको साइट विहान १० बजेतिर समस्या देखिएको हो । हेल्लो सरकारको वेबसाइट हेर्ने सहसचिव प्रेमकुमार श्रेष्ठले ह्याक भएको सूचना पाउना साथ वेबसाइटलाई मेन्टेनेन्स गर्न कर्मचारी खटाइसकिएको जनाए ।

बिज्ञापन

पछिल्लो समय सरकारी वेजहरु ह्याकरको निशानामा पर्दै आएको छन् । सरकारी वेव साइड जीओभी डट एनपी अन्तर्गतका वेबसाइटहरू एकै संरचनामा बनेका छन् । यसको अर्थ ह्याकरले एउटाको डोमेनमा पहुँच पाउँदा अरू सरकारी मन्त्रालय, प्राधिकरण लगायत सम्पूर्ण संस्थान तथा विभागहरूको वेबसाइटमा एकै पटक हमला गर्ने अवसर पाउने साइवर सुरक्षा विज्ञहरु बताउँछन् ।
जस्तो अघिल्लो बर्षमात्र निजामती किताबाखानाको वेव ह्याकरको निशानामा पर्यो । यस्तै लोकसेवा आयोगको वेव समेत ह्याकरको निशानामा परेको थियो । यस्को अलवा देशैभरका स्थानीय तहको वेव पनि ह्याकरको निशानामा परेको थियो । कोशी प्रदेशको कोशी डट जीओभी डट एनपी डोमेन अन्तर्गत दर्ता भएका २१ सरकारी सबडोमेन ह्याकरको कब्जामा परेको थियो ।अघिल्ला बर्षमात्र निजामती किताबखानाको वेवमा सेक्सी रेन्समको आक्रमणमा परेको थियो । बर्ष दिन पछि बल्ल त्यसलाई रिकभर गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब प्रदेशमा कार्यरत अस्थायी र करार सेवाका कर्मचारीलाई मासिक पाँच हजार भत्ता

दुई सातामै फेरिए सिडियो,चितवनमा अर्याल, तिवारीलाई भोजपुर

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, खरदार २ लाख घुससहित पक्राउ

सहकारी साधारण सभामा गैर–सदस्यको प्रवेश निषेध

एकै पटक तीन सचिव पद रिक्त,को-को छन् बढुवाको लाइनमा ?

सामान्यमा रैथाने कर्मचारीहरुको रजगज, १३ बर्षसम्म एकै कार्यालयमा

काभ्रे मालपोत कार्यालयमा अख्तियारको छापा, २ लाखसहित नासु पक्राउ

तीन सहसचिवको सरुवा १७ दिनमै बदर

बिशेष