अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद

सशस्त्र प्रहरी बलले चैत्र १२ गते झापा जिल्लाको मेचीनगर नगरपालिका–६ झिल्के घाँम टोलको २ वटा घरमा छापा मारेर ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद गरेको छ ।

बिज्ञापन

उक्त लत्ताकपडा र मोटर पार्ट्स सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा , प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टा र राजश्व अनुसन्धान कार्यालय इटहरिको संयुक्त टोलिले बरामद गरेको हो ।

बिज्ञापन

विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले चेक जाँच गर्दा सोही ठाउँ बस्ने मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पार्ट्स बरामद भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रबक्ता कुमार न्यौपानेले बताए ।

ती दुई वाटा घरमा ठूलो परिमाणमा अबैध सामान रहेको सुचना पाए पछि मंगलबार बिहानै बाट नं. २गण झापा बाट डिएसपिको कमान्डमा टोलि खटाएर निगरानी गरि दिउँसो छापा मारिएको थियो ।

बिज्ञापन

बरामद लत्ताकपडा र मोटर पार्ट्स आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी लैजाने प्रक्रियामा रहेको छ । कति मुल्यको सामान भन्ने एकिन भने भएको छैन । करिब १ करोड मूल्य बरबरको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष