झापा जिल्लाको मेचिनगर नगरपालिका–६ स्थित काँकडभिट्टा बसपार्क ईलाकाबाट चैत्र ११ गते बेलुका सशस्त्र प्रहरीले नक्कली च्यासिस र नम्बर प्लेटको स्कारपियो गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बिज्ञापन
नियन्त्रणमा लिईएकाहरु मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नगरपालिका–८ बस्ने २१ वर्षिय ईश्वरी भण्डारी र भारतको नक्सालवारी पञ्चायत घर बताउने ३५ वर्षिय निताई घोस छन् ।
बिज्ञापन
उनीहरुले भारतीय स्कारपियो गाडीलाई नेपाली च्यासिस र नम्बर प्लेट बनाई ल्याउँदै गरेको अवस्थामा नं. २ गण झापा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म काँकाडभिट्टाबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । नेपालबाट पुरानो गाडी भारतिय शहर लगेर त्यहाँको नयाँ गाडिमा नेपाली च्यासिस र नम्बरप्लेट राखेर नेपाल ल्याउने गरेको सुचनाको आधारमा पछिल्लो दिनमा विशेष निगरानी गरिएको थियो ।
उक्त गाडीको ईन्जिन नम्बर GCA4D12128, च्यासिस नम्बरMA1TA2GCKA2D32553 र नम्बर प्लेट बा ८ च १३३८ राखिएको छ ।
बिज्ञापन
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद गाडीको २५ लाख रुपैयाँ मूल्य कायम गरि आवश्यक अनुसन्धान तथा कारबाहिको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।