कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट सेटिङ मिलाएर छाडेको मालवाहक ट्रक प्रहरीले समातेपछि भन्सार कर्मचारी र प्रहरीको दुरी बढेको छ । भन्सारका कर्मचारीले छाडेर काठमाडौँ जाँदै गरेको मालवाहक ट्रक कपिलवस्तु प्रहरीले चेकजाँच गर्दा पक्राउ गरेको हो ।
बिज्ञापन
विशेष सुराकीको आधारमा प्रहरीले जाँच गर्दा कृष्णनगर भन्सारले जारी गरेको प्रज्ञापनपत्रमा उल्लेखित परिमाणभन्दा २ क्वीन्टल बढी अंगुर भेटिएको थियो । भन्सार विन्दुबाटै राजस्व छली भएको सूचना पाएपछि आफूहरुले जाँच गर्दा भन्सार तिरेको भन्दा २० कार्टुनमा करिव ३ क्वीन्टल बढी सामान देखिएको प्रहरी प्रवक्ता डिएसपी मोहनमणी अधिकारीले जानकारी दिए । “हामीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएका छौं” उनले भने । “हामीले जाँच गर्दा १० किलोका १२ क्यारेट र २० किलोका ८ क्यारेट अंगुर प्रज्ञापन पत्रभन्दा बढि पायौँ” अधिकारीले भने ।
बिज्ञापन
कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयका अधिकृतस्तरका कर्मचारी र भन्सार एजेन्टकै मिलेमतोमा ट्रकमा रहेको भन्दा कम वस्तुको भन्सार गरेको कार्यालयकै एक कर्मचारीले बताए ।कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयका अधिकृत स्तरका कर्मचारी र भन्सार एजेन्टकै मिलेमतोमा ट्रकमा रहेको भन्दा कम वस्तुको भन्सार गरेको कार्यालयकै एक कनिष्ठ कर्मचारीले बताए । भन्सार कार्यालयले चैत ७ गते जारी गरेको उक्त प्रज्ञापनपत्रमा ६ सय कार्टुन अंगुरको ८० रुपैयाँको दरले भन्सार लिइएको छ । भन्सार एजेन्ट निरन्जन श्रीवास्तवले कृष्णनगरका भन्सार जाँच अधिकारी धातानन्द ज्ञवाली तथा भन्सार अधिकारी लेखनाथ भट्टराईलाई प्रभावित बनाएर ६२० कार्टुन अंगुर रहेको उक्त गाडीको ६ सय कार्टुनको मात्र भन्सार गराएको श्रोतको आरोप छ ।
बिज्ञापन
भन्सार एजेन्ट निरन्जनलाल श्रीवास्तवलाई विमलले आर्थिक प्रलोभनमा पारि कम विजक बनाएर कृष्णनगर भन्सार कर्मचारी सहितको मिलेमत्तोमा महिनौदेखि भन्सार छलि गर्दै आएको थियो । उक्त श्रोतलाई पछ्याउदै पत्रकारहरु सहितको टोलीले उक्त गाडी उपर अनुसन्धान गर्न प्रहरीलाई खबर गरेको थियो ।
खबर पश्चात चनाखो बनेको प्रहरीले उक्त गाडीलाई छानविनको दायरामा ल्याएको हो । यसरी उक्त नाकाबाट भत्रिने अंगुरमा कम विजक बनाईएका छन् ।
भारतको नासिकस्थित गणपति फ्रुट सप्लायर्सले काठमाडौँ बल्खुस्थित एमबी फ्रुट सेन्टरलाई पठाएको उक्त अंगुरमा ३ क्विन्टल अधिक अंगुरको राजस्व छली गरिएको हो ।
गणपति फ्रुट सप्लायर्सका एजेन्ट विमलले भन्सार एजेन्टमार्फत कृष्णनगरबाट निकासी हुने अधिकांश फलफूल तथा तरकारीहरूमा भन्सार कर्मचारी प्रयोग गरेरै राजस्व छली गराउने गरेको श्रोतको दाबी छ ।
कृष्णनगर भन्सार विन्दुबाटै राजस्व छली भइरहेको यो पहिलो घटना भने होइन । १ महिनाअघि मात्रै यही भन्सारले जाँचपास गरी प्रज्ञापन पत्र दिएर पठाएका २ बक्सा सिद्रा माछा सशस्त्र प्रहरीले पक्राउ गरी राजस्व कार्यालय पठाएको थियो । कृष्णनगर भन्सार अधिकृत तथा कर्मचारीहरुले भन्सार यार्डमै तयारी अवस्थामा रहेको धर्मकाँटा (तौल मेशिन) २ बर्ष देखि बन्द गरेर सेटिङ्गमा वास्तविक वस्तुको कम तौल तथा कम परिमाणको भन्सार गर्दै आएका छन् । यहाँबाट दैनिक १५० भन्दा बढी मालवाहक ट्रकमा वस्तुहरु आयात हुँदै आएको छ ।