सिन्धुपाल्चोकमा समातिएको २२ लाखकाे अबैध भेप भाटभटेनी साहुको, कारबाहीको माग

काठमाडौं, ७ चैत । भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक समातिए पछि संसदमा प्रश्न उठेको छ ।

बिज्ञापन

नेकपा माओवादी केन्द्रका सांसद हरी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सो ट्रक पक्राउ परे पछि संरक्षण नगरी कारबाही गर्न पनि माग गरेका छन् ।

बिज्ञापन

प्रहरी चेकपोस्ट खुर्सानीवारीमा मङ्गलवार राती खटिएको टोली सो ट्रक पक्राउ गरेको थियो । ना.६ ख ५४९६ नंम्वरको ट्रकवाट ९३ डब्बा सामाग्री बरामद भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमेह पाण्डेले जानकारी दिए । उनका अनुसार ९३ डब्बामा अबैध ७ सय ४० वटा विद्युतीय सिगरेट फेला परेको हो । बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ ।

साेही सबालललाइ लिएर संसदमा प्रश्न उठेकाे हाे ।एमालेका जग्गा दाता मिनबहादुर गुरूङको समान लिएर आएको ट्रकमा अबैध भेप भेटिएको छ, जग्गा दाता भने पछि कुनै कारबाही नहुने हो कि के हो ? भन्दै सांसद झाले प्रश्न उठाए । ‘भाटभटेनी सुपरस्टोरको समान लिएर आएको ट्रकवाट ७४० थान भेप समातिएको छ, प्रधानमन्त्रीको पार्टी बनाउने दाता भएकाले त्यसलाइ संरक्षण नगरियोस भन्न चाहान्छु’ झाले भने ।

बिज्ञापन

उता, माओवादी सांसद कार्कीले पनि सो बिषय संसदमा उठाएका हुन् । ‘ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बार्हबिसेले समातेको छ, यो ट्रक भाटभटेनीको साउको भएको खुलेको छ, यसमा छानबिन गर्न जरूरी छ,’ उनले भने ।

बरामद भएका सामाग्री सहित चालक भोटेकोसी गाउँपालिका- २ का प्रवीण खत्री र ट्रक  नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाइएकाे सिन्धुपाल्चाेक प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पालिका पठाएका जेनजी आन्दोलनका अगुवा गणेश घिमिरेले दिए राजीनामा

सम्पत्ति शुद्धीकरण प्रकरणले गृहमन्त्री घेरिए: विवादित कम्पनीमा शेयर खुलेपछि लामिछाने निवासमा ‘रातको दौड’

सामान्यभित्र ‘रैथाने’ कर्मचारीको साम्राज्य : ८ वर्षसम्म नहल्लिने कर्मचारीमाथि प्रधानमन्त्रीको आँखा

अब सरकारी कर्मचारीले महिनामा दुईचोटि तलब पाउने

बिचौलिया दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको ‘बीमा कनेक्सन’ : एउटै कम्पनीमा २५ लाख बराबरको सेयर

प्रधानमन्त्री कार्यालयमा ‘डन’को साम्राज्य: १३ वर्षसम्म एउटै कार्यालयमा, बालेनले मागे विवरण

२ सचिव र ४६ सहसचिव लामो समयदेखि एउटै मन्त्रालयमा {विवरणसहित}

मैनालीको नियति भोग्दै बुर्लाकोटी

बिशेष