खप्पिस खरिदार : पाँच बर्षदेखि मालपोतमा राज, सरुवा उल्टाएर बर्षाैदेखि काज

मामुली एउटा खरिदारको पावर कतिसम्म भने सरकारले पटक पटक सरुवा गर्दछ तर सरुवा उल्टाएर अर्थात बदर गराएर उनी सोही कार्यालय फर्कन्छन्,एक पटक दुई पटक मात्र होइन,पटक पटक ।

बिज्ञापन

लामो समयदेखि भक्तपुर मालपोतमा जरा गाढेर बसेका खरिदार हुन दिपक कोइराला । उनी पाँच बर्षदेखि भक्तपुर मालपोतको मालदार शाखामा कार्यरत छन् । यो बीचमा उनको पटक पटक सरुवा भएको छ तर सो सरुवा बदर गराउनका लागि मन्त्री,सांसददेखि कर्मचारी युनियनका नेताहरुसम्म प्रयोग गरेर उनी त्यही फर्कदै आएका छन् । पछिल्लो समय उनकै शैलीका कारण कार्यालय प्रमुखसमेत रुष्ट छन् ।

बिज्ञापन

अघिल्लो बर्ष नै ती खरिदारका सेटिङ धन्दा विरुद्ध सामान्य प्रशासनदेखि भूमि व्यवस्थासम्म गुनासो बढेपछि उनलाई त्यहाँबाट तानिएको थियो गृह मन्त्रालय वा अन्र्तगत । तर खरदार सा’बको पावर यति कडा कि थेग्न सकस । कर्मचारी संकेत नम्बर १७६४१० रहेका दिपक कोइरालाले आफ्नो सरुवाको बिषयमा सिंहदरबारस्थित सामान्य,गृह,भूमिसुधारका हाकिमहरुलाई हत्तु खेलाएर सेटिङ मिलाएर पुन पूरानै ठाउँमा फर्कन सफल भए ।

कर्मचारी प्रेसलाई भूमि व्यवस्था तथा अभिलेख विभागबाट प्राप्त कागजात अनुसार गत बर्ष मंसिर ५ गते उनको सरुवा भएको थियो मालपोत कार्यालय भक्तपुरबाट गृह मन्त्रालयमातहतमा । तर,उक्त सरुवाको मसि नसक्दै उनको सरुवा उल्टियो । १३ दिनमै उनको सरुवा उल्टियो । गृहबाट भूमि व्यवस्था तथा अभिलेख विभागमा पदस्थापन गराए,मंसिर १८ गते । त्यहाँबाट सेटिङ मिलाएर पुन भक्तपुर मालपोतमै फर्कन सफल भए । यसरी भूमि व्यवस्था मन्त्रालय,विभागसम्मै सेटिङ मिलाएर उनी सोही कार्यालयमा फर्कन सफल भए ।

बिज्ञापन

गत दशैंको मुखमा भूमि व्यवस्था अभिलेख विभागले खटिएका कर्मचारीहरुलाई फिर्ता हुन परिपत्र गर्यो । उक्त पत्र सबै कार्यालयमा पुगेपछि काजमा खटिएका कर्मचारीहरूको मनमा ढ्याङ्ग्रो बज्ने नै भयो मालपोतका शक्तिशाली खरिदार झनै त्रसित भए । विभागका शाखा अधिकृत तेजनाथ पोखरेल हस्ताक्षरित पत्रमा तीन दिनभित्र दरबन्दी रहेकै कार्यालयमा फिर्ता हुन परिपत्र गरिएको थियो । विभागमा दरबन्दी रहेका कोइराला काजमा भक्तपुर मालपोतमा खटिएका थिए । निजामती ऐन अनुसार कुनै पनि कर्मचारीलाई तीन महिना भन्दा बढी काजमा कर्मचारी राख्न मिल्दैन ।

यसरी दरबन्दी भएकै कार्यालयमा काज फिर्ता हुन परिपत्रपछि उक्त सरुवा रोक्नको लागि उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापा लाई प्रयोग गरे । भक्तपुर मालपोत कार्यालय स्रोतका अनुसार,ती माननीयले भक्तपुर कार्यालयका कार्यालय प्रमुख कुमार आचार्यलाई फोन घुमाएका थिए तर काँग्रेसका शक्तिशाली नेताको निर्देशन पनि टेरेनन्,कार्यालय प्रमुखले ।
काज फिर्ता रोकेर थमौती दिन निर्देशन दिँदा उल्टै रमानाको पत्र तयार पारिदिए पछि कार्यालय प्रमुखसँग कोइरालाको ‘तँ -तँ र म- म’ को शैलीमा भनाभनै परेको त्यहाँका कर्मचारीहरु बताउँछन् । त्यही कार्यालयमा टिक्नका लागि तत्कालीन विभागका महानिर्देशकको कार्यकक्षामा दैनिक रूपमा ढुक्न थाले । महँगो ब्रान्डको ब्लु लेभल रक्सी र ७ लाख बुझाएपछि असोज १४ गते सोही कार्यालयमा फर्कन सफल भएको आफू निकटस्थसँग भन्दै हिडेका छन्,कोइराला ।

उनै कोइरालाको कार्यशैलीबाट अहिले कार्यालय प्रमुख आचार्य समेत आजित बनेको कर्मचारीमाझ गुनासो गर्न थालेका छन् । पछिल्लो समय साँझ लेखापढी व्यवसायीहरूसँग पैसा मागेर हैरान बनाउने गरेको लेखापढी व्यवसायीहरु बताउँछन् । उनै कोइरालाको कार्यशैलीका कारण कुन दिन अख्तियारले डाम्ने हो भन्नेमा त्राहीमाम छन् त्यहाँका कर्मचारी ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष