अनि रफ्तारमा चल्नेछ जहाज

विरबलको खिचडी पाकोस नपाकोस
धुनी लगाईरहेछन् निरन्तर यज्ञभोगिहरु
एउटा बकुल्लाको ढुकाई चारो टिपुन्जेल रहन्छ तर
जहाजका मुसाहरु ले सम्हालिरहन्छन् राजदण्ड निरन्तर

बिज्ञापन

सुमेरुको टुप्पाबाट मदानी रेत्दैछन् शकुनीहरु
सुलीमा चढाएर साधुहरुलाई अन्तिमभोजमा मग्न छन् अघोरीहरु
महल ठडाएर स्वप्नको, जनहरुलाइ घ्युको मनोलड्डु ख्वाईरहेछन्
बिवशताको रटानमा शकुनीको जयजयकार गर्छन् मनुवा

बिज्ञापन

यो भगेराको रत्यौली देखेर गौँथलीहरु बसाईसरेका छन्
म भाग २ को प्रतिक्षामा छु जहाँ अभिमन्युले दुर्योधनको चक्रव्युह तोड्न सकोस्
यज्ञको बलीवेदीबाट शंखघोष हुनेछ
अब स्पाती रापबाट एउटा फिलिङ्गो निस्केर

ज्वालामुखिको लप्काझैँ सर्लक्क निल्नेछ जहाजका मुसाहरुलाई
कारीगरले टाल्नेछन् प्वालहरु अनि रफ्तारमा चल्नेछ जहाज !!

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष