काठमाडौंका तीन खाद्य गोदाममा छापा, अनुमतिबेगरै खाद्यान्न प्याकिङ

काठमाडौं – तारकेश्वर र नागार्जुनका तीन वटा खाद्यान्न गोदाममा छापा मारिएको छ।

बिज्ञापन

नागार्जुन नगरपालिका-७ का खगेन्द्र खत्रीले तारकेश्वर नगरपालिका-९ मा सञ्चालन गरेको हलेसी फुड खाद्य उद्योग गोदाम, तारकेश्वर नगरपालिका-९ की कल्पना बुढाथोकीले सञ्चालन गरेको देवकोटा चिउरा तथा चामल मिलको गोदाम र  नागार्जुन-४ का मुकेश सिंहले सञ्चालन गरेको श्री गढिमाई प्याकेजिङ उद्योग गोदाममा बुधबार छापा मारिएको हो।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र तारकेश्वर नगरपालिकाको संयुक्त टोलीले तीन वटा गोदाममा छापा मारेको हो।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अनुमतिबेगर फर्म तथा कम्पनीको ब्राण्ड र ट्रेडमार्क प्रयोग गरी खाद्यान्न प्याकेजिङ गरिरहेको सूचनाका आधारमा गोदाममा छापा मारिएको हो।

बिज्ञापन

ती उद्योगले विभागबाट कुनै पनि अनमुति नलिएको, उत्पादन, प्याकिङ तथा बिक्रीको अनुमति नलिएको, खाद्य सामग्री उपयुक्त तरिकाले भण्डारण नरेको पाइएको छ।

ती गोदाममा चामल, चिउरा र पिठोका बोराहरू प्याकिङ गरी बाहिर बजारमा पठाइने गरिएको थियो।  तीन वटै गोदाममा शिलबन्दी गरी थप अनुसन्धान थालिएको आचार्यले बताए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष