काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट विनोदराज जोशी उम्मेदवार बनेका छन् ।
बिज्ञापन
नेविसंघ प्रवक्ता सुरज सेजुवालले आरआरमा जोशीलाई सभापतिको उम्मेदवार बनाउने निर्णाय भएको जानकारी दिए । दार्चुला घर भएका जोशीको नेतृत्वको अभियानले रुपन्देहीमा विद्यार्थीहरुबाट असुल भएको अवैध ७१ लाख रुपैया ,दाङमा १ करोड रुपैयाँ तथा काठमाडौमा ३००ं विद्यार्थीहरुको शुल्क कलेजहरुबाट फिर्ता गराइएको थियो । उनी हाल रत्नराज्यलक्ष्मी क्याम्पसमा राजनितिशास्त्रमा स्नातकोत्तर र नेशनल ल कलेजमा स्नातक कानुनमा तहमा अध्ययन गरिरहेका छन् ।