प्रहरी अस्पतालका डीएसपी चापागाईंलाई हटाउने चेतावनी

नेपाल प्रहरी अस्पतालका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. कृष्णमणि चापागाईंलाई हटाउने चेतावनी दिइएको छ । पर्वतको फलेवास नगरपालिका १० स्थायी घर भई प्रहरी अस्पतालको रेडियोलोजी विभागमा कार्यरत प्राविधिक डीएसपी डा.चापागाईं बिना जानकारी तीन महिनादेखि सम्पर्कविहीन भएका हुन् ।गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै उनलाई स्पष्टीकरणसहित ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

बिज्ञापन

चापागाईं कात्तिक १४ गते १५ दिनको घरबिदा लिएर हिँडेका थिए । तर पुनः १४ दिन बिदा थप गराएका थिए । थपिएको बिदा २०८१ मंसिर २५ गते सकिए पनि चापागाईं अझै सम्पर्कमा नआएको अस्पतालले जनाएको छ ।उनको घरमा यसअघि नै खोजतलास गरिएको र प्रहरी नियमावलीअनुसार सूचना टाँस गरिसकिएको गृह मन्त्रालयले जनाएको छ ।७ दिनभित्र काार्याालयमा हााजिर नभए भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनी समते दिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।