जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी फेरि बराललाई

ठुला लगानीका सिँचाइ आयोजनाको काम गरिरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले तीन महिनामै बदलेका छन् । मन्त्री खड्काले देवराज निरौलालाई मन्त्रालय तानेर मन्त्रालयका सहसचिव सञ्जीव बराललाई काजमा महानिर्देशक बनाएर पठाएका छन् । सोमबार मन्त्री खड्काले मन्त्रीस्तरीय निर्णय गर्दै जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशको जिम्मेवारी बराललाई दिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मन्त्री खड्काले ३ महिना अघि गत मंसिर १८ मा मात्रै बराललाई महानिर्देशकबाट हटाएर देवराज निरौलालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । त्यतिबेला बरालले विभागको महानिर्देशको जिम्मेवारी सम्हालेको ६ महिना पनि पुगेको थिएन् । अहिले फेरी सहसचिव निरौलालाई मन्त्रालयमा तानेर बराललाई दोस्रो पटक महानिर्देशकको जिम्मेवारी दिइएको हो । बराल अहिले मन्त्रालयको विद्युत् विकास दशक आयोजना र जनताको जलविद्युत् कार्यक्रममा थिए ।

बिज्ञापन

अहिले विभागअन्तर्गत अर्बौँ लगानीका ६ वटा राष्ट्रिय गौरवका सिँचाइ आयोजनासहित केही आयोजना निर्माणाधीन छन् । निर्माणाधीन र अब निर्माण हुने सिँचाइ आयोजनाको ठेक्कामा हालिमुहाली गर्न मन्त्री खड्काले महानिर्देशक हेरफेर गरेको मन्त्रालयकै एक अधिकारीले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष