जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी फेरि बराललाई

ठुला लगानीका सिँचाइ आयोजनाको काम गरिरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले तीन महिनामै बदलेका छन् । मन्त्री खड्काले देवराज निरौलालाई मन्त्रालय तानेर मन्त्रालयका सहसचिव सञ्जीव बराललाई काजमा महानिर्देशक बनाएर पठाएका छन् । सोमबार मन्त्री खड्काले मन्त्रीस्तरीय निर्णय गर्दै जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशको जिम्मेवारी बराललाई दिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मन्त्री खड्काले ३ महिना अघि गत मंसिर १८ मा मात्रै बराललाई महानिर्देशकबाट हटाएर देवराज निरौलालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । त्यतिबेला बरालले विभागको महानिर्देशको जिम्मेवारी सम्हालेको ६ महिना पनि पुगेको थिएन् । अहिले फेरी सहसचिव निरौलालाई मन्त्रालयमा तानेर बराललाई दोस्रो पटक महानिर्देशकको जिम्मेवारी दिइएको हो । बराल अहिले मन्त्रालयको विद्युत् विकास दशक आयोजना र जनताको जलविद्युत् कार्यक्रममा थिए ।

बिज्ञापन

अहिले विभागअन्तर्गत अर्बौँ लगानीका ६ वटा राष्ट्रिय गौरवका सिँचाइ आयोजनासहित केही आयोजना निर्माणाधीन छन् । निर्माणाधीन र अब निर्माण हुने सिँचाइ आयोजनाको ठेक्कामा हालिमुहाली गर्न मन्त्री खड्काले महानिर्देशक हेरफेर गरेको मन्त्रालयकै एक अधिकारीले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।