दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय झा र खनाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

 

बिज्ञापन

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरण एनटीएको मोवाइल डिभाइस मेनेजमेन्ट सिस्टम एमडीएमएस परामर्श सेवा खरिदमा एनटीएका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरूषोत्तम खनाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।विशेष अदालतले खरिद प्रक्रियामा अयोग्य कम्पनीलाई छनोट गरेको, दुई करोड ४२ लाख अमेरिकी डलर लागत बढाएको ठहर गर्दै भुक्तानी भएको रकम २३ करोड २० लाख ५९ हजार ३१४ भ्रष्टाचार भएको ठहर गरेको हो ।

बिज्ञापन

विशेष अदालतका न्यायाधीसहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले अध्यक्षद्वय झा र खनाललाई एकवर्ष तीन महिना कैदसहित जरिबानाको फैसला सुनाएको छ ।न्यायाधीशत्रय टेक नारायण कुँवर रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले बिहीवारउनीहरुमाथि जनही ५ करोड ८० लाख १४ हजार ८२८ जरिवाना समेत हुने फैसला गरेको छ ।

अख्तियारले ९१ करोढ ९८ लाख ३० हजार ८८२ रुपैंया विगो मागदावी गरेको थियो । साथै मोवाईल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली स्थापनाका नाममा हालसम्म खर्च भएको २३ करोड २० लाख रुपैंया जरिवाना असुल्नुपर्ने समेत अख्तियारको दावी थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष