काठमाडौंका २० प्रतिशत जनता उत्रिने हो भने २५ गते नै राजालाई नारायणहिटी भित्र्याउन सकिन्छ- ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाह) ले आगामी फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आह्वान गरेका छन् ।

बिज्ञापन

बिहीबार रिपोर्टर्स क्बल नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार पोखराबाट काठमाडौं फर्किने कार्यतालिका रहेको बताएका हुन् ।

बिज्ञापन

उनले भने- ‘सबै राष्ट्रवादी साथीहरुलाई उपस्थितिको लागि हार्दिक अपील गर्न चाहन्छु ।’ नेता शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा राजालाई राख्नेगरी आफूहरुले राजासंस्थाको परिकल्पना गरेको बताए । राष्ट्रिय एकता, मुलुकको इज्जत र प्रतिष्ठाको लागि राजसंस्था अपरिहार्य रहेको उनको दाबी छ ।

उनले भने- ‘हामीले जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चाहिन्छ भनिरहेका छौं । देशको शासन सत्ता, देशको कार्यकारी प्रमुख चाहीँ प्रधानमन्त्रीको रुपमा गर्ने, अहिले राष्ट्रपतिको ठाउँमा राजा रहने, किनकी देशको राष्ट्रिय एकतालाई, संसारभरी मुलुकको इज्जत र प्रतिष्ठालाई जोगाइराख्न राजसंस्थाबाहेक अरुले सक्दैन भन्ने कुरा नेपालको १६ वर्षको इतिहासमा देखिएको छ ।’

बिज्ञापन

त्यस्तै, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले प्रजातन्त्र, देश र जनताको रक्षाको लागि ज्ञानेन्द्रले जनताको साथ मागेको बताए । उनले गणतन्त्रलाई कोरोना महामारीको संज्ञा दिए । उनले आम नागरिकहरुलाई राष्ट्रिय झण्डामुनि एक भएर राजसंस्थाको पक्षमा आउन आग्रह गरे । ‘काठमाडौंमा बसोबास गर्ने मध्येको २० प्रतिशत जनता राष्ट्रिय झण्डा बोकेर उत्रिने हो भने २५ गते नै ज्ञानेन्द्र सरकारलाई नारायणहिटी भित्र्याउन सकिन्छ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष