सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ८० बढी सहसचिवको सरुवा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चार दर्जन नवनियुक्तसहित प्रदेश तथा संघीय मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको एक श्रोतले बताएको छ ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा बैठकले उक्त निर्णय गरेको छ । विशेषगरी गृह, अर्थ, सामान्य प्रशासन, प्रधानमन्त्री कार्यालयमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको छ । केही महानिर्देशकहरूको समेत सरुवा गरिएको स्रोतले बताएको छ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























