धनुषाको विदेह नगरपालिकाले एकै पटक ८३ कर्मचारीलाई बर्खास्त गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहले ती कर्मचारीहरुलाई बर्खास्त गरेको हुन ।
बिज्ञापन
पालिकाले नगर प्रहरीदेखि असईसम्मका कर्मचारी हटाएका छन् । जसमा १२ जना रहेका छन् । यस्तै नयाँ नियुक्त विभिन्न पदका १० जना, डोर हाजिरमा कार्यरत ३५ जना, करार सेवामा ६ महिना र एक वर्षका लागि नियुक्त २० जना र इन्जिनियरसहित ६ कर्मचारीलाई बर्खास्त गरिएको छ ।
बिज्ञापन
नगरपालिकाले केहीदिन अगाडि मात्रै कानून अधिकृत १ जना, सिभिल इन्जिनियर र सिभिल सव इन्जिनियर २ जना, कम्प्युटर अपरेटर ५ जना, नगर प्रहरी सहायक निरीक्षक १ जना, नगर प्रहरी हवलदार १ जना र नगर प्रहरी जवान १२ जना करार कर्मचारीको रूपमा नियुक्त गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत साहले “नयाँ नियुक्त गरिएका १० कर्मचारी हटाइएको जनाए । उनले परीक्षा लिने क्रममा अवजेक्टिभ प्रश्नपत्र बाहिरिएको गुनासो आएका कारण ती कर्मचारीहरु हटाइएको जनाए ।
प्रमुख प्रशासकीय अधिकृत साहले नगर प्रहरी, डोर हाजिरी, नयाँ नियुक्ति तथा करार सेवाका विभिन्न तहका कर्मचारीलाई हटाइएको बताउनुभयो । उहाँका नगर प्रहरीतर्फ असईदेखि प्रहरीसम्म १२ जना, नयाँ नियुक्ति भएका १० जना, डोर हाजिरीका ३५ जना, ६ महिनाका लागि नियुक्त गरिएका करार सेवाका २० जना तथा १ वर्षका लागि नियुक्त गरिएका ६ जनालाई पत्राचार गर्दै पदमुक्त गरेका हुन ।
बिज्ञापन
यस्का अलवा स्थायी कर्मचारीहरूमध्ये छैटौं तहका कर्मचारी दानी ठाकुर र स्टोरका कर्मचारी भुला यादवलाई पाँच वर्षका लागि ग्रेड वृद्धि रोक्का गर्न सिफारिस गरिएको छ ।
साहले कार्यविधि मिचेर करार सेवामा कर्मचारी राखिएको तथा राज्यकोषको दुरुपयोग हुने गरी डोर हाजिरीमा कर्मचारी नियुक्त गरिएकाले तिनीहरूलाई हटाइएको बताउँछन् । लोकसेवा आयोगबाट सिफारिस भएर आएकी महिला शिक्षक पवन कुमारीलाई अधिकृत साहले माघ २७ मा हाजिर गराएका थिए । मेयर बाहिर रहेको बेला किन हाजिर गराएको ? भन्दै उनका छोरा रामभजनले अधिकृत साहमाथि हातपात गरेका थिए । माघ २९ मा नगरपालिका आएका मेयर दासले पनि ज्यान मार्ने धम्की दिएको साहले बताएका छन् । एक दशक बढी राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत रही दुई महिना अगाडिमात्र धनुषाको विदेह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका दीपेन्द्र कुमार साहलाई मेयर बेचन दासको छोरा राम भजन दासले गाली गलौच,कुटपिट गरेपछि न्याय खोज्दै प्रहरी र प्रशासनमा पुगेका उनै कर्मचारीलाई मेयरले उल्टै गोली हान्ने धम्की दिएको भन्दै उनले जिल्ला प्रशासनदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,गृह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोधार्थ पठाएका छन् । शिक्षा सेवा आयोगबाट सिफारिस भएका निमावि सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराइएको बिषयमा मेयरका छोराले प्रमुख प्रशासकीय अधिकृतलाई तैले यसलाई किन हाजिर गराइस, धाक धम्की, गाली गलौज गर्नुका साथैं प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा कुटपिट समेत गरिएको जनाइएको छ ।
उनले आफू कुटिएको घटनाबारे सीडीओ, डीआईजी, मुख्यमन्त्री र प्रधानमन्त्रीसम्मलाई जानकारी गराएको भएपनि मेयरसामु सबै निरीह बनेको टिप्पणी गरे ।