मन्त्रालयको प्रशासन नै फितलो छ:- सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयको प्रशासन नै फितलो भएको बताएका छन् ।

बिज्ञापन

बुधबार २०८१/८२ को दोस्रो त्रैमासिक समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले मुख्य समस्या नै प्रशासन भएकाले यसलाई सबैले मिलेर सुधार गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘हाम्रो प्रशासन एकदमै फितलो छ । मुख्य समस्या नै हाम्रो प्रशासन हो । यसमा हामी सबैले मिलेर सुधार गरौं । योसँगै नीतिगत कुराहरु पनि छन् । यसलाई हामी मिलाउने काम गरिरहेका छौं । यसमा हुलाक सेवा, रासस र गोरखापत्रको पनि नयाँ ऐन बनाउनुपर्ने छ । यो चाँडो हुन सकिरहेको छैन ।’

बिज्ञापन

यसैगरी, उनले हाम्रो विरासत नै फोहोर थुपार्ने प्रवृत्तिको भएको बताए । उनले आफ्नो मन्त्रालयलगायत जहाँ पनि कर्मचारी र बजेटको पनि अभाव हुने गरेको बताए ।
उनले भने, ‘हाम्रो विरासत नै गञ्जागोल छ । एकअर्कालाई आरोप प्रत्यारोप लगाउने र फोहोर थुपार्ने प्रवृत्तिको छ । यसलाई हामीले सरसफाई गर्नुपर्ने छ । हाम्रो मन्त्रालयलाई धेरै बजेट नै राखेको छैन । जहाँ पनि कर्मचाीको अभावसँगै बजेटको पनि अभाव हुन्छ ।’
साथै, उनले विद्यमान जनशक्ति भएपनि कार्य क्षमता र कार्यदल एकदमै कमजोर रहेको बताए । उनले कार्य क्षमता र कार्यदल कमजोर भएकाले लिडरसिपको भूमिका कमजोर देखिएको बताए ।

उनले भने, ‘हामी जति विद्यमान जनशक्ति छ त्यसको चाँही कार्य क्षमता र कार्यदल एकदमै कमजोर छ । यसमा राम्रो गर्नलाई ट्रेनिङ भएन की के भएन यसले गर्दा कार्य क्षमता कमजोर भएको हो की रु आम रुपमा यो समस्या हो । यसमा लिडरसिपको भूमिका कमजोर देखियो । लिडरसिपहरुले ध्यान दिनुपर्ने अवस्था आएको छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष