झापा – झापामा अर्को व्यक्तिको नाममा मोटरसाइकलको लाइसेन्स परीक्षा दिँदै गर्दा दुवै जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय झापाबाट कान्तिपुर ट्रायल सेन्टर बिर्तामोडमा आइतबार सञ्चालन भएको ए.के वर्गको प्रयोगात्मक परीक्षामा इलाम माङसेबुङ गाउँपालिका-३ बस्ने ३४ वर्षीय सुजन राईको सट्टामा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ३८ वर्षीय सुजन राईले परीक्षा दिँदै गरेको अवस्थामा दुवै जना पक्राउ परेका हुन् ।
बिज्ञापन
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको छ । दुवै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन् ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























