काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री देखी मन्त्रीहरूको सम्पत्ति बिवरण सार्बजनिक गर्न माग गरेका छन् ।
बिज्ञापन
प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद असिम शाहले शुन्य समयमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति बिवरण सार्बजनिक गर्न माग गरेका छन ।
बिज्ञापन
‘सरकारमा रहेका प्रधानमन्त्री देखी मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन, भाषणमा पारदर्शिताको नारा घन्काउनेहरू किन यसबारेमा मौन छन्‚’ उनको प्रश्न छ । उनले अबिलम्ब सम्पत्ति बिवरण सार्बजनिक गर्न पनि माग गरेका छन् ।