‘रेडन साइन्स एण्ड रोबो एस्पो’ सम्पन्न

 

बिज्ञापन

विज्ञान प्रदर्शनीमा डढेलो नियन्त्रण प्रणालीको नमुना बनाएका नयाँबजारस्थित ह्वाइटफिल्ड स्कूल उत्कृष्ट विजेता बनेको छ ।

बिज्ञापन

काठमाडौँ । सामाखुसी अवस्थित रेडन कलेजले आयोजना गरेको विद्यालय स्तरीय रेडन साइन्स तथा रोबो एक्स्पो सम्पन्न भएको छ । माघ २२ र २३ गते कलेज परिसरमा भएको एक्स्पोमा   कक्षा ५-७ र ८-१० कक्षामा अध्ययनरत विद्यार्थीहरूले बनाएका नमुनाहरू प्रतिस्पर्धा गरेका छन् ।

सो विज्ञान प्रदर्शनीमा डढेलो नियन्त्रण प्रणालीको नमुना बनाएका नयाँबजारस्थित ह्वाइटफिल्ड स्कूल उत्कृष्ट विजेता बनेको छ । उनीहरूले बनाएका नमुनामा जङ्गलमा आगलागी हुँदा नजिकका घरहरूमा आगलागी फैलन नदिन फायर प्रोटेक्ट’ नमुना घर तथा प्रणालीको आइडिया प्रस्तुत गरेको थियो । जङ्गलमा आगलागीका बेला अटोमेटिक सूचना मोबाइलमा एसएमएस आउने प्रविधिको कन्सेप्ट प्रस्तुत गरेको कक्षा ९ मा अध्ययनरत छात्रा अन सुभा शाहीले बताइन् । उनको समूहले नग २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन्।

बिज्ञापन

विजेता बनेपछि उनले भनिन्, ‘हामीले यस कन्सेप्टको विकास नेपालमा हुने डढेलो तथा हालै अमेरिकाको अमेजनको जङ्गलमा भएको डढेलोबाट प्रभावित भएर विकास गरेको हो ।’ आगामी प्रतिस्पर्धामा अझै उत्कृष्ट नमुना बनाउने उनले बताइन् ।

त्यस्तै कक्षा ५-७ तर्फका विजेता आयोजक रेडक स्कूल विजयी भएको छ । कक्षा ६ मा अध्ययनरत छात्रा प्रिन्सा पाण्डेले भनिन्, ‘क्लियर फ्यूचर,  वेटर फ्यूचर’ हाम्रो परियोजना हो ।’ पानीको उच्चतम सदुपयोग कसरी गर्नेमा उनीहरूको चिन्तन देखिन्थ्यो । हाइड्रो इलेक्ट्रीसिटिको उच्चतम प्रयोग र पानीलाई लिफ्ट गर्ने प्रविधि विकास गरी कसरी उचाइमा रहेका खेतमा लैजान सकिन्छ भने नमुना प्रदर्शन गरेका थिए । उनीको समूहले नगद पन्ध्र हजार र ट्रफी हात पारेका छन्।

कक्षा ८-१० समूह अन्तर्गतको विजेता भने स्टे अलट एशिस्ट्यान्स सिस्टम’ नमुना प्रोजेक्ट बनाएका पिपुल्स फ्रेण्डशीप एकेडेमी भएका छन् । उनीहरूले ड्राइभरले लगाउने चस्मा बनाएका हुन। जसमा ड्राइभर निदाएमा गाडीको नियन्त्रण त्यसमा जडान गरिएको प्रविधिले गर्नेछ  कक्षा ९ मा अध्ययनरत सच्चित गुप्ताले बताए । उनको समूहले नगद पन्ध्र हजार र ट्रफी हात पारेका छन् ।

त्यस्तै रोब सकर’ प्रतिस्पर्धामा संवृद्धि स्कूल विजयी भएका छन् । संवृद्धि स्कूलमा कक्षा ९ मा अध्ययनरत छात्र सुरेश श्रेष्ठले भने, ‘फाइनलमा जित्न कठिन भयोतर जितियो।’ भविष्यमा रोबटिक्सको क्षेत्रमा लाग्ने उनले बताए। रोबो रेसमा भने रेडन स्कूल विजयी भएका थिए । दुवै विजयीहरूले १५ हजार नगद र ट्रफी प्राप्त गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका सचिव डा. रबिन्द्रप्रसाद ढकालले भने, ‘विद्यालय स्तरीय इनोभेसन कन्सेप्ट तथा रोबटिक्स प्रविधिको प्रयोगमा प्रतिस्पर्धाले आगामी दिनमा जनशक्ति तयार गराउन कोशेढुंगा बन्नेछ ।’ यहाँबाट उत्पादित नयाँ विचार तथा प्रविधिको कन्सेप्ट आगामी दिनमा सहरी विकास तथा ग्रामीण भेगमा प्रयोग गर्न मिल्ने खालका छन्,  नास्टका सचिव तथा वैज्ञानिक डा. ढकालले भने, ‘यसमा विद्यार्थीहरूको शिपमा थप विकास तथा अनुसन्धानका क्षेत्रमा नास्टले भूमिका खेल्नेछ ।

विभिन्न विद्यालयबाट सहभागी भएका विद्यार्थीहरूको नमुनामा मूल्याङ्कन समितिमा रहेका त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभाग कीर्तिपुरका सहप्राध्यापक डा. महेशकुमार जोशीले भने, ‘विद्यार्थीहरूको सृजना नवीन तथा उत्कृष्ट खालका थिए । सबै राम्रा थिए,  सबैले मिहिनेत साथ निर्माण गरेका छन् ।’  त्यसमध्ये उनीहरूको कन्सेप्ट,  सृजनशीलता,  प्रस्तुतीकरण र प्रविधिको प्रयोगजस्ता कुरामा ध्यान दिएर मूल्याङ्कन गरिएको उनले बताए ।

आयोजक रेडन कलेजका एकेडेमिक डिरेक्टर सुनोज कैनीले आगामी वर्ष पनि आयोजना गर्ने बताए । उनले यस कार्यक्रम विद्यालयका विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा लाग्न प्रेरणा गर्न आयोजना गरिएको जानकारी दिए ।

प्रदर्शनीमा रोबटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान)बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल (बीएसएन)अन्तरिक्ष प्रतिष्ठान नेपालकान्तिपुर प्लानेटोरियमदि टेलिस्कोप क्लबअस्कल क्याम्पसयूथ डेन्टिसट्री नेपाल र जागरण डेन्टल क्लिनिकलगायत आगन्तुक स्टल सहभागी थिए ।

रोजमेरी आइडल बोडिङ स्कूलएपेक्स लाइफ स्कूलबेलमन्ट इन्टरनेशनल स्कूलल्याण्डमार्क स्कूलशुभकामना स्कूलसृजना सेकेण्डरी स्कूल र गोरककाली पब्लिक स्कूललगायत विभिन्न विद्यालयहरु सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

अबदेखि सरकारी सेवामा नियुक्त कर्मचारीले पाउँने छैनन् पेन्सन {परिपत्रसहित}

प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

कुलिङ पिरियडको चलखेलमा मुछिएका सभापतिको प्रतिक्रिया : “छानबिन समिति बनेपछि जिम्मेवारी छाड्छु”

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

राजस्व अनुसन्धान विभागको महानिर्देशकको कुर्सी खाली, शक्तिशाली सहसचिवबीच चर्को प्रतिस्पर्धा

बिशेष