राइस कुकर बनाउने बहानामा बोलाएर ‘हनी ट्रयाप’, १० लाख असुल्न खोजेपछि युवती पक्राउ

काठमाडौं – ‘हनी ट्राप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ।

बिज्ञापन

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-८ घर भई हाल काठमडौं-१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन्।

बिज्ञापन

आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार अपराह्न कुलेश्वरबाटै पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार आचार्यले इलेक्ट्रिक सामान मर्मत गर्ने एक व्यक्तिलाई ‘हनी ट्रयाप’मा पारेकी थिइन्।

बिज्ञापन

‘राइस कुकर बनाउने बहानामा पटक-पटक कोठामा बोलाएर रकम मागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ आचार्यले भने।

रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइदिने भन्दै आचार्यले ती व्यक्तिलाई दबाबमा पारिन्।

‘पीडितलाई १० लाख रुपैयाँ दिन बाध्य बनाएको देखिन्छ,’ आचार्यले भने। सो रकममध्ये आचार्यले तीन लाख रुपैयाँ चेकमार्फत् र बाँकी सात लाख एक सातामा दिने सर्तमा मोलमोलाई गरेको खबर प्रहरीमा पुगेको थियो।

‘सूचना प्राप्त भएपछि कार्यालयबाट टोली खटिँदा आचार्य आफ्नै कोठामा थिइन्,’ आचार्यले भने।

आचार्यलाई आपराधिक लाभ सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष