जीवनको सार्थकता उसले अरुसँग गर्ने व्यवहारले निर्धारण गर्दछ

 

बिज्ञापन

जीवनको वास्तविक सार्थकता मानिसको व्यवहारमा निहित रहेको हुन्छ । जब व्यक्तिले अरूसँग सहानुभूति र इमान्दारीका साथ व्यवहार गर्छ, तब उसले वास्तविक मानवता देखाउँछ । सहानुभूति अरुको पिड़ा, खुशी, र दुखका साथ जोडिनु हो, र यसले मानिसलाई भावनात्मक रूपमा जडान बनाउन मद्दत पुर्याउँछ। अरूसँगको व्यवहारमा सहानुभूति देखाउनु भनेको केवल आफ्नो स्वार्थको लागि काम नगरी अर्काको भलाइको ख्याल गर्नु हो। यसमा न केवल त्यस व्यक्तिको जीवनको प्रभाव पर्छ बरु समाजको पनि सुधार हुन्।
परोपकारको कार्यले मानिसको जीवनलाई अर्थपूर्ण बनाउँछ। उदाहरणका लागि, स्वयंसेवी कार्यमा संलग्न हुनु, कमजोर वर्गको मद्दत गर्नु र अरूसँग हर्षसाथ व्यवहार गर्नु यी सबै चीजहरूले जीवनको गहिरो अर्थ दिन्छ । परोपकारले केवल सामाजिक सम्बन्धहरूलाई मजबुत पार्दैन, बरु व्यक्ति आफैंलाई पनि मानसिक र भावनात्मक शान्ति महसुस गर्दछ । जीवनको सार्थकता केवल आत्मसम्पन्नतामा होइन, अरूसँग सकारात्मक र प्रेरणादायी व्यवहार गर्ने प्रक्रियामा पनि रहेको हुन्छ। जब कुनै व्यक्तिले अरूसँग सकारात्मक दृष्टिकोण राख्छ र उनीहरूको प्रगति र सफलतामा सहयोग पुर्याउँछ, तब त्यो व्यक्तिको जीवनमा गहिरो अर्थ हुन्छ । एक व्यक्ति जसले अरूसँग प्रोत्साहन र प्रेरणा बाँड्छ, उसले केवल अरूसँगको सम्बन्धलाई बढाउँछ, बरु आफैंलाई पनि आत्मविकासको मार्गमा अगाडि बढाउँछ ।
जुन व्यक्तिले आफ्नो जीवनको सार्थकता अरूसँगको व्यवहारमा खोज्छ, उसले धेरै जसो आत्म–अन्वेषण र आत्म–विकासमा विश्वास राख्दछ । आफूलाई बुझ्न र सुधार्नको लागि आवश्यक छ कि हामी अरूसँग कस्तो व्यवहार गर्छौं। आफ्नो आचरणलाई सच्याएर र सकारात्मक व्यवहार गर्दै हामी आफ्ना उद्देश्य र मार्गदर्शनलाई स्पष्ट बनाउन सक्छौं। यसले हाम्रो जीवनलाई उच्च मानक र उद्देश्यद्वारा निर्देशित गर्छ।
व्यक्ति केवल अरूसँग राम्रो व्यवहार गर्दा मात्र मूल्यवान हुँदैन; उसले जीवनका चुनौतीहरू र कठिनाइहरूको सामना गर्नको क्रममा पनि महत्वपूर्ण व्यवहार देखाउँछ । कठिन समयमा अरूसँग सहानुभूति र समर्थनको व्यवहार गर्नुले न केवल त्यस व्यक्तिको साहस र मानसिकता प्रकट गर्दछ, बरु समाजमा सकारात्मक परिवर्तन ल्याउँछ । यही कारणले, जब मानिसहरूको व्यवहार चुनौतीपूर्ण परिस्थितिमा राम्रो हुन्छ, तब उसले आफ्नो जीवनको उद्देश्यलाई साँचो अर्थ दिन्छ ।

बिज्ञापन

हामी केवल आफ्नो जीवनका लागि मात्र जिम्मेवार छैनौं, हाम्रो व्यवहारले समाजमा प्रभाव पार्छ। जब व्यक्तिले अरूसँग इमान्दारी, सम्मान, र साँचो भावना राखेर व्यवहार गर्छ, तब उसले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ। यो समाजिक दायित्व र उत्तरदायित्वको महत्त्वलाई बुझ्नको प्रक्रिया हो। व्यक्तिको जीवनको सार्थकता भनेको त्यस्ता क्रियाकलाप र व्यवहारमा छ जुन समाजलाई सुधार्ने र त्यसको भलाइको लागि योगदान पुर्याउँछ। अन्ततः, कुनै पनि व्यक्तिको जीवनको सार्थकता उसले अरूसँग गर्ने व्यवहारमा निर्भर गर्दछ। जब मानिसले अरूसँग सकारात्मक, दयालु, सहानुभूतिपूर्ण, र न्यायपूर्ण व्यवहार गर्छ, तब उसको जीवन साँचो अर्थ र उद्देश्यसँग जोडिन्छ। मानवता, परोपकार, सकारात्मक सोच, समानता, प्रेम, र समर्पण—यी सबै तत्वहरूले जीवनलाई अर्थपूर्ण र गहिरो बनाउँछन्। जीवन केवल व्यक्तिगत सफलतामा आधारित छैन, बरु अरूसँगको व्यवहार र समाजमा योगदानको माध्यमबाट नै हामी आफ्नो जीवनको पूर्णता र सार्थकता पाउँछौं।
संसार आवागमन, जन्म–मरण र नश्वरताको केन्द्र छन्। यस अविद्याकृत प्रपञ्चबाट मुक्ति पाउन नैं मोक्ष छ। प्रायः सबै दार्शनिक प्रणालीहरूले संसारका दुःख मय स्वभावलाई स्वीकार गरेको छ र यसले मुक्त हुनेको लागि कर्ममार्ग या ज्ञानमार्गको बाटो अपनाएको छ । मोक्ष यस प्रकार जीवनको अन्तिम परिणति हो। यसलाई पारपार्थिक मूल्य मानेर जीवनका परम उद्देश्यका रूपमा स्वीकार गरिएको छ। मोक्षलाई वस्तुसत्यका रूपमा स्वीकार गर्न कठिन छ। फलतः सबै प्रणालीहरूमा मोक्षको कल्पना प्रायः आत्मवादिएको छ । अंततोगत्वा यो एक वैयक्तिक अनुभूति नैं सिद्ध हुन पाउँछ। व्यक्तिगत स्वार्थमा तँछाडमछाड गर्दै एकअर्काको खुट्टा तान्दै हिँड्ने बानी त्याग्नुपर्दछ । अहंकारी र व्यक्तिगत स्वार्थ मात्र हेर्ने, अरुलाई अपमान गर्ने, सार्वजनिक पद र मर्यादाको दुरुपयोग गर्ने व्यक्तिले क्षणिक लाभ त लिन सक्ला तर अन्ततोगत्वा दीर्घकालमा यस्ताको परिणाम भयावह हुन जान्छ । असल वा खराब कर्मले व्यक्ति तथा सामाजिक जीवनमा पारेको प्रभावलाई विश्वका धेरै सफल वा असफल व्यक्तिको जीवन–कथासँग समेत जोडेर हेर्न सकिन्छ । राज्यले नागरिकका लागि दिने सार्वजनिक सेवामा सरकारदेखि राष्ट्रसेवकसम्मले नीति बनाउँदा होस् वा सेवा प्रवाह गर्दा कसरी सदाचारितालाई मूल मन्त्र बनाउने भन्ने कुरा विभिन्न दृष्टान्तसहित उल्लेख गरेको छ ।

व्यक्तिले आफूभन्दा तल परेका (उमेर, पद, सामाजिक प्रतिष्ठा वा आर्थिक हैसियत) हरुसँग विनम्र भाव राखी प्रस्तुत हुन, आफूलाई अरुको नजरबाट पनि हेर्ने बानीको विकास गर्न, व्यक्तिगतभन्दा पनि सामूहिक सम्मान र भावनाको विकास गर्न, सबैसँग भाइचाराको व्यवहार गर्न, कुकर्मलाई त्याग्न र असल कर्मद्वारा मानवीय जीवनलाई ऊर्जामय बनाउन पूर्वीय दर्शनको रसस्वादन गर्नु आवश्यक हुन्छ । यस्तो रसस्वादन लागि व्यक्ति आफैँले शास्त्रीय ज्ञानप्रतिको आकर्षण बढाउनुपर्दछ ।वेदको निष्कर्ष, गीताको मुल संदेश, बुद्धका चार आर्य सत्य र अष्टाङमार्गबाट इमानदार, शुद्द आचरण र चरित्रवान प्रशासकहरु तयारगरी उनिहरुको असल कर्मले व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा प्रभाव पार्दे मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ । नेपालले संघीय लोकतान्त्रिक शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा हासिल गर्ने सोच लिएको छ । यो सोचलाई मूर्तरुप दिन सामाजिक न्याय र एकता, आर्थिक समानता र श्रमको सम्मान, भ्रातृत्व, सहशासन, सहकार्य, सहअस्तित्व, समावेशी जस्ता सामाजिक–राजनीतिक मूल्यहरुको अवलम्बन राज्यले गर्नुपर्छ । लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहं भूमिका रहन्छ ।

बिज्ञापन

मानवीय मूल्यले सामाजिक, आर्थिक, सांस्कृति र राजनीतिक मूल्यको प्रवर्धनमा सहयोग पु–याउँछ । भगवत गीतामा “पृथ्वीमा ज्ञान भन्दा शुद्ध चिज केही छैन“ वेदमा “शिक्षा त्यो चिज हो जसले ब्यक्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ“ भनिएको छ भने शंकरचार्यले “आत्मानुभूती नै शिक्षा भनेका छ्न् ।“ आज भन्दा पाँच हजार बर्ष पहिला नै उपनिषद् मा “शिक्षा स्वतन्त्रताको लागि हो“ भनेर उल्लेख गरिएको पाइन्छ । “निष्काम कर्म गर “को मूल संदेश दिएको गीताको महिमा विश्वभरी आज पनि सान्दर्भिक छ ।बुद्धका चार आर्य सत्यहरु– पहिलो–संसारमा दुःख छ, दोस्रो–दुःखको कारण छ । तेस्रो– दुःखको निवारण छ । चौँथो– निवारणका लागि अष्टंगिक मार्ग छ। बुद्धका अष्टांग मार्ग सम्यक् दृष्टि, सम्यक् संकल्प,सम्यक् वाक,सम्यक् कर्मान्त,सम्यक् आजीवन ,सम्यक् ब्यायाम सम्यक् स्मृति र सम्यक् समाधि हुन् । प्रज्ञा, शिल र समाधिलाई बुद्ध धर्मका त्रिरत्न तथा श्रेष्ठ मार्ग मानिन्छ । यी सत्य हुन् यीनिहरुले समग्र जीवनको यथार्थ बोकेको छ र गन्तब्य देखाएको छ । बुद्धको प्रमुख सिद्धान्त हो– कोहि अर्कोलाई स्वतः प्रमाण नमान, आफै बुझ्ने कोशिस गर । त्रिपिटकले कारण खोजी गर्न प्रेरित गर्छ । सहि विवेकको प्रयोग गरि स्वशिक्षा ग्रहण गर भन्छ । त्यति मात्र कहाँ हो र ? शान्ति र प्रेमको मार्ग देखाउने र अनुभुत गराउने यो दर्शन बैज्ञानिक दर्शन हो । यसैलाई आधार नमान्दा, पालना नगर्दा दिनदिनै विश्वभरी अशान्ति र घृणा बढ्दैछ । मानवीय मनोवृत्ति, उत्प्रेरणा र व्यवहारप्रतिको बुझाइमा परिवर्तन गर्दछ । संसारप्रतिको हाम्रो धारणालाई प्रभाव पार्दछ । सही र गलतको व्याख्याको प्रतिनिधित्व गर्दछ ।
मानव र संगठन बुझ्न एउटा बाटो एवं तरिका प्रदान गर्दछ । मानव जीवन, स्वतन्त्रता, सम्मानको दायित्ववोध गराउँदछ ।यसमा आत्म–सहायता कौशल (विनम्रता, आत्मनिर्भरता, स्वच्छता आदि), सामाजिक कौशल (असल व्यवहार, राम्रो आचरण, वातावरण सचेतना आदि) नैतिक सीप (साहस, दक्षता, पहल, समयनिष्ठता आदि) जस्ता मूल्यहरू समावेश हुन्छन । शान्ती,समानता, ध्यान, नम्रता, एकाग्रता, आशावाद, धैर्यता, आत्म–विश्वास, आत्मनियन्त्रण, आत्मसम्मान आदि जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् । सत्य ःशुद्धता, निष्पक्षता, इमान्दारीता, न्याय, ज्ञानको खोज, दृढ संकल्प आदि जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् । शान्तिपूर्ण सहअस्तित्व , मनोवैज्ञानिक व्यवहार (परोपकार, करुणा, विचार, नैतिकता, क्षमा आदि) र सामाजिक व्यवहार (भाइचारा, समानता, लगनशीलता, अरूको सम्मान, वातावरणीय जागरूकता आदि) जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् ।पूर्वीय दर्शनले दान ,दक्षिणा दिनुपर्ने जस्ता कुरामा यसले सार्वजनिक सेवा प्रवाहमा काम गरेवापत सेवाग्राहीसंग चियापान खाने पैसा माग गर्ने प्रवृति बढाएकाले घुस खाने प्रवृति बढाउको अवस्था बिधमान छ ।

मानिसमा धैर्य, उपकार ,संयम, चोर्नु नगर्नु,पवित्रता,शुद्ध आचरण,विवेक र यथार्थ ज्ञान हुनुपर्छ भनिएको छ र उपायाहरु पनि सुझाइएको छ । जुन बिज्ञान सम्वत छ्न् । अपरिहार्य छन् । ब्यक्तिले त्यी बिशेषता हासिल गर्न सक्दा त्यसले नै दृर्घकालिन, शान्ति, खुसी र आनन्द मिल्छ । असत्यबाट सत्यको नजिक लौजाऊ । अंधकारबाट प्रकाशको नजीक लैजाऊ ।। मृत्युबाट अमरताको नजीक लैजाऊ।“ यो नै जीवनको लागि उत्तम मार्गदर्शन हो । बास्तवमा हामीसँग यस्ता दर्शनको भण्डार नै छ । बाहिर ल्याउन र प्रयोगमा ल्याउन नसकेको मात्र हो ।कुनै पनि व्यक्तिको जीवनको सार्थकता उसले अरुसँग गर्ने व्यवहारले निर्धारण गर्दछ । पूर्वीय दर्शनले व्यक्तिमा हुने अहंकार, काम, क्रोध, लोभ र मोहलाई त्याग गर्नका लागि स्वमूल्यांकनमा जोड दिएको छ । स्वमूल्यांकन र सदाचारिताबीच सकारात्मक सम्बन्ध रहेको हुन्छ । स्वमूल्यांकन गर्न सक्ने व्यक्ति अनुशासित त हुन्छ नै साथै अरुलाई सम्मान गर्ने, आफ्नो कर्तव्यमा नचुक्ने, सबैसँग मित्रवत् व्यवहार गर्न सक्ने हुन्छ । कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिमा यो गुण रहेमा उसले दिने सेवा प्रवाहले समेत सार्वजनिक जीवनमा सकरात्मक सम्बन्ध विस्तार गर्दै मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ ।
गुरुकुल र परिवारले बालबालिकालाई शिक्षा दिँदा र हुर्काउँदा नैतिक शिक्षा दिने चलन, नीति कथा आदिले मानिसलाई आफ्ना अधिकारका लागि लड्नभिड्न मात्र नभई उसले पूरा गर्नुपर्ने कर्तव्यसमेतको बोध गराएको छ । असल संस्कार, वातावरण र संगतमा हुर्किएको व्यक्तिमा गलत सोचको विकास हुने सम्भावना निकै कम रहन्छ । व्यक्तिले आफू, परिवार, समाज र राष्ट्रको व्यक्तित्व निर्माणका लागि प्रकृति अनुरूप समाजसँग मिलेर कर्तव्य निर्वाह गर्नुपर्ने अनिवार्यता शास्त्रमा उल्लेख छ । साथै सबैले व्यक्तिगत रुपमा कर्तव्य निर्वाह गर्दा अरुको अधिकार पनि सुरक्षित हुनुपर्दछ भन्ने मान्यता लिएको सनातन दर्शनले सदाचार नीतिलाई राज्य सञ्चालनको मुख्य आधार मानेको पाइन्छ । अधिकार, कर्तव्य, अनुशासन, विधिको पालना, असल कर्म, सामाजिक मर्यादा, सबैप्रतिको सम्मान भाव र राष्ट्रिय हितलाई सदाचारिताको पूर्वसर्तका रुपमा पूर्वीय दर्शनले व्याख्या गरेको छ । व्यक्ति, परिवार र समाजको सदाचारको प्रभाव प्रत्यक्ष वा परोक्ष रुपमा राज्य प्रणालीमा पर्दछ । त्यसैले व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न सकेमा मात्र राज्यको व्यक्तित्व निर्माण हुन सक्छ ।सत्य र अहिंसाको भावना मर्दै गएको शान्ति र सद्भावको अवस्था कमजोर रहेको अपराधका नयाँ नयाँ शृंखला बढ्दै गएको जाति, धर्म एवं क्षेत्रिय सम्प्रदाय जस्ता विषयमा राजनीतिकरण हुने गरेको हिंसा, हत्या, बलात्कार, यौनदुर्व्यवहार जस्ता घटना बढ्दै गएको भ्रष्टाचार मौलाएको नैतिकता, एवं लोकतान्त्रिक मूल्य मान्यतामा ह्रास आएको मानवीयता दिनप्रतिदिन दयनीय बन्दै गएको विकृति, विसंगति एवं सामाजिक विचलन बढ्दै गएको अवस्थामा पूर्वीय दर्शन र सभ्यताबाट पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ ।
( उप्रेती नेपाल सरकारका उपसचिव हुन।)

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।