लोकसेवाको परीक्षामा सहभागी नै नभएका दुई उमेद्धारको समेत नाम प्रकाशित गरेको भेटिएसँगै गत साता संवैद्यानिक आयोग लोकसेवाको विश्वासनियतामाथि समेत प्रश्न उठ्यो । आयोगले गत माघ १ गते सहसचिव तहको नतिजा प्रकाशन गर्दा सो नतिजामा गम्भीर लापरवाही देखिएपछि ९ दिन पछि उक्त त्रुटीलाई संशोधन गरेर अर्को नतिजा सार्वजनिक गरेको थियो ।
प्रंसग आयोगको केन्द्रीय कार्यालयले नै यही मंसिर २८, २९ र पुस १ गते सञ्चालन भएको लिखित परीक्षा लिएको थियो,कानुन न्याय,सरकारी वकिल समूहतर्फको हो । आन्तरिक प्रतिष्प्रर्धामार्फत भएको उक्त परीक्षामा न्याय सेवा न्याय समूहतर्फ १ जना माग भएकोमा ५२ जना उमेद्धारमध्ये उर्मिला जिसी,मान बहादुर बस्नेत र सपना अधिकारी गौतम सफल भए,उनीहरुलाई अन्तर्वार्ताका लागि बोलायो आयोगएको थियो आयोगले माघ २४ गते ।
बिज्ञापन
यस्तै,न्याय सेवा कानुन समूहतर्फका लागि आन्तरिक प्रतिष्प्रर्धाबाट २ जना उपसचिवहरु सहसचिवमा उक्लदै थिए । सो परीक्षामा सामेल ५२ जना प्रतिष्प्रर्धीमध्येबाट उर्भिला जिसी,केदार कोइराला,मानबहादुर बस्नेत,युवराज महत,विरेन्द्र प्रकाश खड्का,शारदा राउत र सपना अधिकारी गौतमहरुलाई यही माघ २४ र २५ गते मामिला तयारी र प्रष्तुतीकरणका लागि बोलाएको थियो । यस्तै न्याय सेवा सरकारी वकिलतर्फ आन्तरिक प्रतिष्प्रर्धाबाट २ जना उपसचिवहरु सहसचिवमा उक्लदै थिए । जहाँ ५२ प्रतिष्प्रर्धीलाई पछि पारेर ११ जना उमेद्धारहरु सफल भएका थिए,उनीहरुलाई अन्तर्वार्ताका लागि डाकिएको थियो । यसरी गत माघ १ मा प्रकाशित नतिजामा गभीर त्रुटी भएको भेटिएको हो । जसमा सो परीक्षामा सहभागी नै नभएका दुई उमेद्धारको समेत नाम प्रकाशित गरेको भेटिएसँगै लोकसेवाको परीक्षा प्रणाली र निष्पक्षतामाथि नै प्रश्न उठ्ने स्थिति बनेको हो ।
बिज्ञापन
जस अनुसार उपसचिव मानबहादुर बस्नेतले सहसचिवका लागि भएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा कानुन समहको परीक्षामा मात्र भाग लिएका थिए तर उनको नाम सरकारी वकिल र न्याय समूहमा समेत निस्किएको छ । यस्तै सपना अधिकारी गौतमले न्याय र कानुन समूहमा मात्र परीक्षा दिएको भए पनि सरकारी वकिल,न्याय र कानुन समूहतर्फको सहसचिवमा समेत उनको नाम निस्किएको भेटिएको हो । आयोगबाट यस प्रकारको गम्भीर लापरवाही भएको भेटिएपछि हालैमात्र आयोगले आन्तरिक छानबिन गरी परीक्षाफलसम्बन्धी सूचना संशोधन गरेको छ । संशोधित सूचनामा बस्नेतको नाम अन्य सूचीबाट हटाएर कानुन सेवामा राखिएको छ,उनको नाम तेस्रो नम्बरमा मात्र छ। अन्य समूहबाट उनको नाम हटाइएको छ। त्यस्तै सपना अधिकारी गौतमको नाम पहिला कानुन समूहमा सातौँ, सरकारी वकिल समूहमा नवौँ र न्याय समूहमा तेस्रो नम्बरमा तिस्किएको थियो। हालै प्रकाशित संशोधित सूचनामा कानुनमा सातौँ र न्यायमा तेस्रो नम्बरमा उनको नाम प्रकाशित छ। सरकारी वकिल समूहबाट हटाइएको छ।
यो प्रकरण पछि आयोगले छानबिन थाल्यो ।
जसमा आयोगका सहसचिव तथा प्रवक्ता गीताकुमारी होमेगाईको संयोजकत्वमा छानबिन समिति बनेको थियो । सो समितिले यो प्रकरणमा मानवीय कमजोरी भएको तर, नियतवश र कुनै कर्मचारीको बदनियतपूर्वक काम नभएको निष्कर्ष निकालेको छ । परीक्षा शाखाबाट गल्ती भए पनि त्यो नियतवश नभएको निष्कर्ष निकालेको छ ।समितिले परीक्षा शाखाबाट हाजिरी फाराम बनाएर पठाउँदा नै गल्ती भएको तर त्यसमा कर्मचारीको बदनियत नरहेको निष्कर्ष निकालेको हो। समितिले यस प्रकारको त्रुटि नदोहोरियोस् भनेर सम्बन्धित पक्षलाई सचेत गराइसकिएको संयोजक होमेगाईले जनाएकी छिन् ।