समग्र प्रशासन चुहावट रहित छैन:- सचिव घिमिरे

काठमाडौं । अर्थ समितिमा समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा छलफल भएको छ ।
बुधबार सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग) सँग छलफल भएको हो ।

बिज्ञापन

छलफलमा राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार विभागका साथै हाम्रो समग्र प्रशासन चुहावट रहित नभएको भन्दै यसको सुधारको लागि आवश्यक कार्य गर्ने बताए ।उनले भने, ‘भन्सार विभागका साथै हाम्रो समग्र प्रशासन चुहावट रहित छैन् । यसमा हामीले अझै ध्यान दिनुपर्ने विषय यहाँ उठेको छ, यसलाई आगामि दिनमा सुधार गर्नको लागि दिएको सुझाव र निर्देशन हाम्रो लागि खुसीको कुरा पनि हो ।’

बिज्ञापन

उनले वितगको तुलनामा अहिलेको स्थितिमा केही हदसम्म सुधारात्मक कदमहरु लिएर अगाडि बढेको बताए । चालु आर्थिक वर्षमा राखेको १४ खर्ब १९ अर्बको राजस्व संकलन गर्ने लक्ष्य मान्ने हो भने अहिलेको परिस्थितिमा आउँदा ८४ –८५ प्रतिशत राजस्व संकलन भएको अवस्था रहेको उनको भनाई छ ।

उनले भने, ‘वितगको २०, २५ वर्षको स्थिति र अहिलेको स्थिति केही हदसम्म हामी सुधारात्मक कदमहरु लिएर अगाडि बढेको छौं । अझैपनि सुधार गर्नुपर्ने परिस्थिति छ । सबै खराब चाँही छैन् । किनकी यही लक्ष्यलाई हामी मान्ने हो भने चालु आर्थिक वर्ष मा राखेको १४ खर्ब १९ अर्बको राजस्व संकलन गर्ने लक्ष्य मान्ने हो भने अहिलेको परिस्थितिमा आउँदा ८४–८५ प्रतिशत राजस्व संकलन भएको अवस्था छ । लक्ष्य नै नमान्ने हो भने अर्कौ परिस्थिति बन्छ । एउटा चुनौतीपूर्ण अवस्था चाँही छ ।’
त्यस्तै प्रहरी महानिरिक्षक वसन्तबहादुर कुँवरले पनि राजस्व चुहावट र तस्करीको विषयलाई प्राथमिकतामा राखेर अघि बढेको बताए । उनले सबै ठाउँमा श्रोत र साधन नहुँदा काम गर्न कठिनाई भएको पनि बताए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष