सहसचिव बस्तिको सृजना :-यस्तै हुन्

कुखुरा खान जानेका स्यालहरू
यस्तै हुन् यहाँका
भर्याङ, ढोका र झ्यालहरू
हिजो उता आज यता
भेट हुनासाथ मारामार गर
लड, बाझ, मारकाटै गर
यही सिक
अरूलाई पनि यही सिकाऊ
अरू के जान्दछन् र ?
ती सब वाइयात हुन्
पृथ्वीका भार
तिम्रा लागि मात्र हो
यो रमणीय सुन्दर संसार
भगवानको उपहार !
भर्याङ तिम्रै लागि
ढोका तिम्रै लागि
झ्याल समेत तिम्रै लागि
सारा यी प्राणी तिम्रै लागि बाँचीरहेछन् !
तिमीलाई
कुइन्टलका कुइन्टल फूलमाला लाउन!
अबिर निधारभोरि धसाउन
आफ्नो भान्साको आगो निभाएर
वाली खाइरहेको
बाख्रालाई त्यत्तिकै छोडेर
झारले ढाकेको वालीलाई
नगोडेर
धुलामैला कपडा नधोएर
घरका सारा समस्या र
तनावसँग लड्न नसकी
दिनदिनै रोएर
खाने अनाजको अभावमा
भोकभोकै बसेर
हामी साराका सारा
यी यावत कष्ट सहेर
जस्तो जस्तो हुन्
तिमी हामिलाई आह्वान गर्छौ
ती सारा
तिम्रा आदेशलाई शिरोपर गर्दै
तिम्रै लागि चाहिने
भर्याङ निर्माण गर्न
सक्दा राम्रा राम्रा ढोका त
नसक्दा,
झ्यालै भएपनि
तिमी सजिलै छिर्ने
अरूलाई सदा रोक्ने
ती साराका सारा
तिम्रा लागि बनून्!
सुन्दर बनून्!
कलात्मक बनून्!
कुखुरा खान जानेका स्यालहरू
यस्तै हुन् यहाँका
भर्याङ , ढोका र झ्यालहरू!

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष