सह सचिव वस्तिको सृजना :धर्तिपुत्र !

हे धर्तिपुत्र !
कति सहन्छौ तिमी?
यो अन्याय अत्याचार !
कति सुन्छौ तिमी?
असायहरूका चीत्कार!
जो दिनदिन बढिरहेछ!
आज घट्ला छैन
भोलि घट्ला छैन
झन्झन् बढिरहेछ!
यसका उत्पादकहरू
बेलगाम अगाडि बढिरहेछन्
हे धर्तिपुत्र !
किन यहाँ बस्न छोड्यौ?
दिलदिमाग
तिमीले किन?
अन्त्यै मोड्यौ!
झन्झन् गयौ त बाहिर!
तिमी जतिजति
यस्तो हुन्छौ
उतिउति
यी बेलगामे घोडाहरूले
मिठामिठा दाना भेट्टाउँछन्!
थप सुम्लिन्छन्, कुम्लिन्छन् !
बेजोडले उफ्रिन्छन्
र,
थप कुद्छन्!
हे धर्तिपुत्र
कति सहन्छौ तिमी ?
यो अन्याय अत्याचार
हे धर्तिपुत्र
कति सुन्छौ तिमी?
असायहरूका चीत्कार!
हे धर्तिपुत्र!

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष