हे धर्तिपुत्र !
कति सहन्छौ तिमी?
यो अन्याय अत्याचार !
कति सुन्छौ तिमी?
असायहरूका चीत्कार!
जो दिनदिन बढिरहेछ!
आज घट्ला छैन
भोलि घट्ला छैन
झन्झन् बढिरहेछ!
यसका उत्पादकहरू
बेलगाम अगाडि बढिरहेछन्
हे धर्तिपुत्र !
किन यहाँ बस्न छोड्यौ?
दिलदिमाग
तिमीले किन?
अन्त्यै मोड्यौ!
झन्झन् गयौ त बाहिर!
तिमी जतिजति
यस्तो हुन्छौ
उतिउति
यी बेलगामे घोडाहरूले
मिठामिठा दाना भेट्टाउँछन्!
थप सुम्लिन्छन्, कुम्लिन्छन् !
बेजोडले उफ्रिन्छन्
र,
थप कुद्छन्!
हे धर्तिपुत्र
कति सहन्छौ तिमी ?
यो अन्याय अत्याचार
हे धर्तिपुत्र
कति सुन्छौ तिमी?
असायहरूका चीत्कार!
हे धर्तिपुत्र!