प्रतिकुल बकपत्र गर्ने एकविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको छ ।
बिज्ञापन
नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक(इन्स्पेक्टर) बुद्धिप्रसाद सुवेदीको घुससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गर्नेविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको हो। अख्तियारले गत भदौं २७ मा नेपाल प्रहरीको साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
बिज्ञापन
सुवेदी साइबर ब्यूरोमा कार्यरत हुँदा मुद्दा मिलाइदिन्छु भनेर मुद्दाका पक्षसँग ९९ हजार रुपैयाँ लिएको देखिएको थियो । साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन्छु भनेर उनको दाजुसँग ९९ हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको थियो ।
सो पछि सुवेदीले घुस लिएको पुष्टि भएपछि प्रहरीले निलम्बन गरी त्यससम्बन्धी फाइल अख्तियारमा बुझाएको थियो। साक्षी रहेका मिश्रले पछि विशेष अदालतमा इन्स्पेक्टर सुवेदीलाई फाइदा हुने गरी बकपत्र गरेपछि आयोगले उनलाई पनि प्रतिवादी बनाएको हो। प्रतिकूल बकपत्र गर्नु गर्दा भ्रष्टाचार मुद्दा आकर्षित हुने कानुनी व्यवस्था छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेका सरकारी साक्षीविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले घुस–रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरिएका पर्साका पोखरीया नगरपालिका–२, का चन्दनकुमार मिश्रउपर मुद्दा चलाएको जनाएको छ।