प्रतिकूल बकपत्र गर्नेविरुद्ध अख्तियारले चलायो मुद्दा

प्रतिकुल बकपत्र गर्ने एकविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको छ ।

बिज्ञापन

नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक(इन्स्पेक्टर) बुद्धिप्रसाद सुवेदीको घुससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गर्नेविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको हो। अख्तियारले गत भदौं २७ मा नेपाल प्रहरीको साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

सुवेदी साइबर ब्यूरोमा कार्यरत हुँदा मुद्दा मिलाइदिन्छु भनेर मुद्दाका पक्षसँग ९९ हजार रुपैयाँ लिएको देखिएको थियो । साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन्छु भनेर उनको दाजुसँग ९९ हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको थियो ।

सो पछि सुवेदीले घुस लिएको पुष्टि भएपछि प्रहरीले निलम्बन गरी त्यससम्बन्धी फाइल अख्तियारमा बुझाएको थियो। साक्षी रहेका मिश्रले पछि विशेष अदालतमा इन्स्पेक्टर सुवेदीलाई फाइदा हुने गरी बकपत्र गरेपछि आयोगले उनलाई पनि प्रतिवादी बनाएको हो। प्रतिकूल बकपत्र गर्नु गर्दा भ्रष्टाचार मुद्दा आकर्षित हुने कानुनी व्यवस्था छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेका सरकारी साक्षीविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले घुस–रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरिएका पर्साका पोखरीया नगरपालिका–२, का चन्दनकुमार मिश्रउपर मुद्दा चलाएको जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष