आज पनि लामिछानेको थुनछेक बहस

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बुधवार लामिछाने तर्फका कानुन व्यवसायीले बहस गर्दै छन् । उनको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्तले बहस गर्ने भएका छन् ।
शुक्रवार काठमाडौं जिल्ला अदालतमा ११ जना सरकारी वकिलहरु खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापालगायतले बहस गरे भने जाहेरवाला पक्षबाट सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरे।

बिज्ञापन

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोगपत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रवि विरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरिएको छ ।

बिज्ञापन

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर लामिछाने २६ पुसमा रिहा भएका थिए ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बागमती प्रदेशमा १३४ दरबन्दी कटौती,९० जनाको अस्थायी दरबन्दी स्वीकृत

स्थानीय तहका २७ कर्मचारीको अन्तरपालिका सरुवा

२६ नासु,७ कम्युटर अपरेटर र ६ खरिदारको सरुवा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

सम्पत्ति विवरण बुझाउन एक महिना म्याद थप

रेष्टुरेन्टबाट ९ लाख घुससहित नापी अधिकृत पक्राउ

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

बिशेष