रेञ्जरसँग नाम मुछिएकोमा पाण्डेको आपत्ति

रसुवामा रेन्जर नितेन्द्रको आतंक शीर्षकमा त्यस अनलाइनमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा कार्यरत म यज्ञ पाण्डेलाई समेत जोडेर सो समाचारमा मलाई समेत विना कारण मुछिएको प्रति घोर आपत्ति छ ।

बिज्ञापन

म पनि कुनै समय मिडियाकर्मीकै रुपमा सक्रिय थिए । गलत कार्यहरुको म आफैं पनि विरोधी हुँ । अहिले यस आयोजनामा कार्यरत छु । संस्थामा कार्यरत रहँदा आजसम्म नैतिक र आर्थिक आचरणमा पूर्ण रूपमा शुद्ध रहेर काम गर्दै आईरहेको छु। आयोजनाको कामको सिलसिलामा लाङटाङ राष्ट्रिय निकुञ्ज मात्र नभई जिल्लाका सरकारी निकायका कर्मचारी, राजनीतिक व्यक्तित्व, सुरक्षा निकाय, पत्रकार, विभिन्न स्थानीय तहसम्म सम्वन्वय गर्ने, भेटघाट हुने र आयोजनालाई सहजिकरण गराउन सहयोग माग्ने काम निरन्तर हुने गरेको छ। तर त्यस बाहेक कुनै पनि व्यक्ति तथा संस्था संग व्यक्तिगत लाभ हानीका बारेमा आजसम्म कुरा नगरेको स्पष्ट पार्न चाहन्छु ।

बिज्ञापन

समाचारमा भनिए जस्तो म कुनै व्यक्ति या संस्था संग जोडिएर यस्ता अनैतिक कार्य नगरेको हुदा गलत सूचना दिने व्यक्तिलाई चुनौती दिदै आवश्यक कानूनी प्रक्रियामा जान अनुरोध समेत गर्दछु। उक्त समाचारमा अनायासै, विना प्रसंग मेरो नाम जोडेर मेरो नैतिक आचरणमा प्रश्न उठ्ने र इज्जतमा समेत दाग लाग्ने गरी समाचार प्रकाशित भएकोमा कडा शब्दमा सो समाचारको खण्डन गर्दछु ।
यज्ञ पाण्डे
माथिल्लो त्रिशुली १, मैलुङ् रसुवा

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष