मन्त्रिपरिषद् बैठक, सशस्त्रका चार डिआइजीको पदावधि थपबारे निर्णय हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

बिज्ञापन

अहिले साँझ ७ बजे बालुवाटारमा बैठक बोलाइएको हो । बैठकमा सशस्त्र प्रहरीका चार डीआईजीका पदावधिबारे निर्णय हुने कार्यसूची रहेको छ ।

बिज्ञापन

स्रोतका अनुसार सशस्त्र प्रहरी बलका चार डिआइजीको पदावधि थप्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो। पदावधि थप नभएमा चार डिआइजीले आजैदेखि अवकाश पाउने अवस्था छ।

डिआइजीहरु कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको आज चार वर्ष पदावधि पुग्दैछ । सशस्त्र प्रहरी नियमावलीमा डिआइजीको पदावधि ४+१ वर्ष हुने उल्लेख छ। उनीहरुको पदावधि थप्ने प्रस्ताव एक साताअघि नै मन्त्रिपरिषद् पुगिसकेको छ ।

बिज्ञापन

तर, उनीहरुलाई अवकाशमा लैजाने टोली शक्तिशाली भएकाले निर्णय हुन नसकेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष