सर्वाेच्च बारमा एमाले ‘क्लिन स्विप’

सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचनमा एमाले पत्ता साफ भएको छ । हिजो भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी निकटका अध्यक्षमा मेघराज पोखरेल विजयी भएका छन्। शनिबार सम्पन्न भएको निर्वाचनबाट निकटतम प्रतिद्वन्द्वी महेश कुमार थापालाई पराजित गर्दै उनी विजयी हुन् । पोखरेलले ३६८ मत प्राप्त गरे।
प्राप्त अन्तिम परिणामअनुसार अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल ३६८ मतसहित निर्वाचित भएका छन् ।निकटतम प्रतिद्वन्दी वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ र अर्का उम्मेदवार अधिवक्ता प्रेमसिंह धामीले १५ मत प्राप्त गरेका छन्।

बिज्ञापन

त्यसैगरी उपाध्यक्षमा अधिवक्ता अम्मरबहादुर राउत ३४६,सचिवमा अधिवक्ता रमणकुमार कर्ण ३३९, सहसचिवमा अधिवक्ता पुन्देवी अर्याल महर्जन ३३७ र कोषाध्यक्षमा रामचन्द्र पौडेल ३४० मत ल्याएर विजयी भएका छन् ।

बिज्ञापन

महिला सदस्यमा अधिवक्ता शशी बस्नेत,वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठ, वरिष्ठ अधिवक्ता इन्द्रशेखर खड्कासहित अधिवक्ताहरु प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ,प्रमोद रेग्मी, प्रदीपकुमार राजवंशी र सतिशराज मैनाली पनि आएका छन् । यसरी निर्वाचित हुने पदाधिकारीमध्ये सतिशराज मैनाली एमालेनिकट हुन् ।
नेपाल पत्रकार महासंघको निर्वाचनमा एमालेले नेपाली काँग्रेससँग गठबन्धन गरेर निर्वाचन जितेको थियो भने नेपाल नर्सिङ संघको निर्वाचनमा भने एमालेले माओवादीसँग तालमेल गरेको थियो । सोही शैली अपनाएको भए पनि काँग्रेस एकीकृत समाजवादीका वकिलहरुले निर्वाचन जितेका हुन । सर्वोच्च वारमा काँग्रेस निकट प्रजातान्त्रिक धारका वकिलहरुको वर्चश्व रहेको छ । उच्च अदालत पाटनमा एमाले निकट,काठमाडौं बारमा काँग्रेस निकट र ललितपुर वारमा माओवादी निकट वकिलहरुको वर्चश्व रहेको छ ।

यस्तो समयमा बृहत लोकतान्त्रिक,समाजवादी,समावेशी पेशागत कानुन व्यवसायीहरु एकातिर र एमाले–माओवादी गठबन्धन अर्कोतिर भएर चुनावी प्रतिष्प्रर्धामा होमिएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष