भन्सार विधेयकमाथि छलफल:- जाँचपासमा कर्मचारीले पदीय आचरण विपरित काम गर्ने गरेको

 

बिज्ञापन

काठमाडौं । अर्थ समतिको बैठकमा ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८०’ माथि सैद्धान्तिक छलफल भएको छ ।

बिज्ञापन

मंगलबार सिहंदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा अर्थमन्त्री विष्णु पौडेल र पूर्व अर्थमन्त्रीहरुको उपस्थितिमा भन्सार सम्बन्धी काूननलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८०’ माथि सैद्धान्तिक छलफल गरिएको हो ।

सांसदहरुले भन्सार जाँचपासमा कर्मचारीलाई तजबिजी अधिकारी दिँदा समस्या भएको भन्दै त्यस्तो अधिकारमा अंकुश लगाउनुपर्नेमा जोड दिए।उनीहरुले भन्सार जाँचपासमा कर्मचारीले पदीय आचरण विपरित काम गर्ने गरेको, जाँचपासमा ढिलाई गर्ने गरेको भन्दै ती समस्या विधेयकमार्फत समाधान गरिनुपर्ने बताए।

बिज्ञापन

बैठकमा अर्थमन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार प्रकृयालाई पारदर्शी विधेयकलाई डिजिटलाईजेसन गर्ने लगायतका कुराहरु प्रस्तुत विधेयकमा समेटिएको जानकारी दिए । भन्सार प्रकृयालाई प्रकृयामा संलग्नहरुले गर्ने काम समेत उल्लेख गरिएको उनको भनाई छ ।

उनले भने,‘भन्सार प्रकृयालाई पारदर्शी बनाउनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता व्यक्त ग¥यौं । त्यसको पक्ष भएर हस्ताक्षर ग¥यौं । पारदर्शी प्रणाली अपनाउनका लागि यसलाई डिजिटलाईजेसन गर्ने लगायतका कुराहरु प्रस्तुत विधेयकमा हामीले राखेको छौं । साथै यस्लाई अलिकित उत्तरदायी बनाउनका लागि भन्सार प्रकृयामा संलग्नहरुले गर्ने काम के– हुन्छन भनेर समेत उल्लेख गरिएको छ ।’

पूर्व अर्थमन्त्री प्रकाश शरण महतले भन्सार प्रकृयामा भएका समस्याहरु कसरी न्यून गर्न सकिन्छ भन्ने विषयमा प्राथमिकताकासाथ छलफल गर्नुपर्ने बताए ।

त्यस्तै उनले भन्सार प्रशासन प्रभावकारी पनि हुने,राजस्व पनि वृद्धि हुने र दुरुपयोग गर्न सक्ने चान्सलाई पनि कम गर्ने गरी काम गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘भन्सार प्रकृयामा के समस्याहरु छन् । ती समस्याहरुलाई कसरी न्यून गर्न सकिन्छ । कसरी चुस्त दुरुस्त बनाउने कसरी अधिकारहरुलाई सिमित गर्न सकिन्छ । छिटो छरितो कसरी गर्न सकिन्छ ? जसको कारणबाट भन्सार प्रशासन प्रभावकारी पनि हुने राजस्व पनि वृद्धि हुने र उनीहरुले दुरुपयोग गर्न सक्ने चान्सलाई पनि कसरी कम गर्ने त्यसमा काम गर्नुपर्छ ।
उनले अहिलेको अन्तराष्ट्रिय जुन बद्लिदो परिवेश छ त्यही अनुसार विधेयकहरुको परिमार्जन गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै अर्का पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले समतिमा आएका विधेयकहरुमा ढिलाई नगरी डबल सिफ्ट गरेर भएपनि छलफल गराएर अर्थसमितिको सामथ्र्यलाई पनि प्रमाणीत गर्न सुझाव दिए ।

उनले भने,‘समितिमा आएका विधेयकहरुमा ढिलाई नगरी डबल सिफ्ट गरेर भएपनि छलफल गराएर अर्थसमितिको सामथ्र्यलाई पनि प्रमाणीत गर्दै छिटो भन्दा छिटो रोकिएका विधेयकहरुलाई अर्थसमितिले पारित गरेर आउने संसदमा प्रस्तुत गर्न सकोस् ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारका कर्मचारीको उकुसमुकुस

खरिदारदेखि उपसचिव तहका २८ कर्मचारीको सरुवा

विष्णु अग्रवालविरुद्ध कर छली र भन्सार छलिको आरोपमा प्रधानमन्त्री कार्यालयमा उजुरी

वैदेशिक रोजगार विभागका नायब सुब्बाविरुद्ध घुस मुद्दा दायर

मन्त्रिपरिषद्को बैठक सुरु

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

बिशेष