मुगुमा अर्को निकुन्ज वा शिकार आरक्षण बनाउने तयारी

मुगु । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै हिमाली जिल्ला मुगुमा थप एक निकुन्ज वा शिकार आरक्षण क्षेत्र बनाउनका लागि कार्यदल गठन गरेको छ ।

बिज्ञापन

सोमबार नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले मन्त्री स्तरीय निर्णय गर्दै जिल्लाको मुगुम कार्मारोङ्ग गाउँ पालिकामा पर्ने १२ बस्ती भित्रका केही भू–भाग समेटेर निकुन्ज वा शिकार आरक्षण कुन उपयुक्त हुन्छ सोही हिसावले काम अघि बढाउनका लागि अध्ययन गर्ने कार्यदल बनाएका हुन् ।

बिज्ञापन

जिल्लाको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउपालिकाले गाउँ सभाबाट निर्णय गर्दौ से फोक्सुण्डो राष्ट्रिय निकुन्जले गाउँपालिका भित्र ओघटेको भूभागसहित अन्य भूभाग समेटेर शिकार आरक्ष वा संरक्षित क्षेत्र वा राष्ट्रिय निकुन्ज बनाउन निर्णयसहितको कागजात मन्त्रालयमा पेश गरेको मुगमकामारोङ्खगाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुभास चन्द्र रावलले बताए ।

कार्यदलले अध्ययन गरेर के उपयुक्त ठान्छ सोही अनुसार मन्त्रालय प्रक्रिया अघि बढ्ने वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले बताए । से फोक्सुन्डो राष्ट्रिय निकुन्ज इ.स १९८४मा स्थापना भएको निकुञ्ज हो । यसको कुल क्षेत्रफल ३ हजार ५ सय ५५ वर्गमिटर रहेको छ । निकुन्जले पालिको ८२९ वर्ग किमी क्षेत्र ओगटेको छ ।
मुगुम कार्मारोङ्ग क्षेत्र वन्यजन्तुहरुको प्रमुख बासस्थान र आहार क्षेत्र मानिन्छ यहाँ विभिन्न जातिका वन्यजन्तुहरु पाइन्छन् । बथानका बथान वन्यजन्तु ,चराचुरुङ्खी, हिमाल ,तालतलैया, मुगु नदी ,बिभिन्न कोर्णमा सजिएका हिमाल देखिने भएकाले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि यो क्षेत्रलाई खुल्ला बन्यजन्तुहरु सहजै रुपमा देख्ने गरेको पाइन्छ । नेपालकै सानो रारा राष्ट्रिय निकुन्ज पनि मुगुमै छ ।

बिज्ञापन

मुगुम कार्मारोङ्ग गाउँपालिकाको केही भाग समेटेर राष्ट्रिय निकुन्ज वा शिकार आरक्षण बने जिल्लामा दुईवटा संरक्षित क्षेत्र हुने छन् । नयाँ बन्ने निकुन्ज वा शिकार आरक्षण क्षेत्रभित्र तामाखानी र डोल्फु कर्णाली नदी पर्नेछ ।
उक्त क्षेत्रमा घोरल, झारल, कस्तुरी, मृग, चौरीगाई, हिम चितुवा, नाउर, थार, रतुवा डाँफे, मुनाल,कालीजलगायतका बिभिन्न प्रजातिका बन्यजन्तु र चरचचुरुङ्खी पाइन्छ । त्यस्तै विश्वका चार धाममध्ये एक धाम छाँयानाथ धाम यही क्षेत्रमा रहेको मुगुम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

१३ उपसचिवको सरुवा,संघबाट चारलाई पालिका,चारलाई घुमाइयो अन्तरपालिका

नापी कर्मचारीका नेतालाई सरकारले ‘डाँडा कटायो’

सुशीला-गौरीबहादुर कार्कीदेखि रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न सिफारिस

‘रवि लामिछाने जेलबाट भाग्नु फौजदारी अपराध,रवि र यी नेतामाथि अनुसन्धान गर्नु’:मानव अधिकार आयोग

विपद् प्राधिकरणमा कोइराला, राष्ट्रिय परिचयपत्र विभागमा पौडेल

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

बिशेष