काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कारबाही गर्न सिफारिस

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई निलम्बन गरेको छ । काठमाडौं टावरमा गैरकानुनी काम गरेको भन्दै महानगरले उनलाई निलम्बन गरेको जनाएको छ ।

बिज्ञापन

प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न मेयरको नेतृत्वमा टोली बनाइने भएको छ ।महानगरपालिकाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भ्यु टावरको नक्सा पास प्रक्रियामा अनियमितता भएको र नियम विपरीत कार्य गरेको ठहर गर्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कारबाहीका लागि सिफारिस गरिएको उल्लेख छ।

बिज्ञापन

विज्ञप्तिअनुसार, काठमाडौँ महानगरपालिका वडा नम्बर २८, पुरानो बसपार्कस्थित कि.नं. १३७३ क्षेत्रफल २३–५–३–३ जग्गामा टावर निर्माण गर्न २०७१ साल फागुन २० गते महानगरपालिकाको कार्यपालिकाको बैठकले निर्णय गरेको थियो। उक्त निर्णयअनुसार, श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिसँग ३० वर्षका लागि डिजाइन, निर्माण, सञ्चालन र हस्तान्तरण गर्ने शर्तमा दुई पक्षीय सम्झौता गरिएको थियो।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी पनि भएको मेयर बलेनका स्वकिय सचिव भुपदेव शाहले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

बिशेष