परराष्ट्र पछि इञ्जिनियर सेवाको उपसचिव बढुवा स्थगित

लोक सेवा आयोगले उपसचिव पदको बढुवा स्थगित गरेको छ । आयोगले नेपाल इन्जिनियरिङ्ग सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) वा सोसरह पदको बढुवा विज्ञापन स्थगित गरिएको जनाएको छ । उच्च अदालत पाटनको आदेशपछि गत असोज ३० गते प्रकाशित बढुवाको प्रक्रिया हाललाई स्थगित भएको छ ।

बिज्ञापन

आयोगले विभिन्न ४९ पदका लागि बढूवाको लागि विज्ञापन प्रकाशन गरेको थियो तर अदालतको आदेश कार्यान्वयनको सिलसिला भन्दै लोकसेवाले उक्त विज्ञापन अनिश्चित समयसम्मका लागि स्थगित गरेको जनाएको छ ।

बिज्ञापन

उच्च अदालत पाटनमा उक्त बढूवाको विज्ञापन विरुद्ध परेको रिटमा १४ कार्तिककमा आन्तरिम आदेश जारी भएको थियो । ऊर्जा मन्त्रालय अन्तरगतका कर्मचारीहरु यो सूचना न्यायसंगत नभएको भन्दै अदालत गएका थिए । उनीहरुको मागअनुसार नै अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

सोही आदेश कार्यन्वयनका लागि भन्दै लोकसेवा आयोगले बढूवाको विज्ञापन हाललाई स्थगित गरेको जनाएको छ ।

बिज्ञापन

आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्मानित उच्च अदालत पाटनबाट रिट नं ०८१ डब्ल्युओ–०८३९ उपर मिति २०८१–०७–१४ मा भएको आदेश कार्यान्वयनको सिलसिलामा आयोगबाट मिति २०८१–०६–३० मा प्रकाशित नेपाल इन्जिनियरिङ्ग सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) वा सोसरह पदका बढुवा सूचना र आ प्र तर्फका विज्ञापनको दरखास्त संकलन समेतका कार्यहरु आयोगको मिति २०८१–०८–०२ को निर्णयानुसार हाललाई स्थगित गरिएको छ ।’

यस अघि परराष्ट्र सेवाको उपसचिवको बढुवा विज्ञापन समेत अदालतकै आदेश अनुसार रोकिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक

बिशेष