करारका कर्मचारीलाई स्थायी नियुक्ति,विवाद सामधान गर्न ९ सदस्यीय समिति

करार सेवाका कर्मचारी हटाउने बिषयमा उत्पन्न भएको विवाद सामाधान गर्न समिति गठन भएको छ । करार सेवामा कार्यरत रहेका २८ जना प्राविधिक कर्मचारीलाई हटाउने बिषयमा लफडा परिरहेको छ त्यहाँ । त्यहाँ १० इन्जिनियर तथा १८ जना सबइन्जिनियर करार सेवामा कार्यरत छन् । उनीहरुलाई लोकसेवा परीक्षा नै नलिइ स्थायी गरिएको थियो ।
त्यहाँ लोकसेवा आयोगले स्थायी कर्मचारी पठाए पनि करार कर्मचारी कार्यरत छन् । कात्तिक १४ को ३७ औं कार्यपालिका बैठकले ती २८ कर्मचारीलाई कार्तिक महिनासम्मको तलब दिएर मंसिर १ देखि विदा गर्ने तयारी छ ।कांग्रेसले जुनसुकै हालतमा ति कर्मचारी हटाउनुपर्ने तर एमालेले भने कुनै पनि हालतमा हटाउनु नहुने पक्षमा छन् ।

बिज्ञापन

सोही बिषय सामाधान गर्न महानगरका प्रवक्ता तथा वडा नम्बर २५ का अध्यक्ष मोति तिम्सिनाको संयोजकत्वमा कांग्रेस र एमाले वडाध्यक्ष र सदस्य सम्मिलित समिति गठन गरिएको हो ।

बिज्ञापन

समितिको सदस्यहरुमा ४ नम्बर वडाध्यक्ष देवकृष्ण पराजुली, ५ का अध्यक्ष बिष्णु प्रसाद बराल, १३ का अध्यक्ष किरण बराल, १५ का अध्यक्ष तोरण बानियाँ छन् । यस्तै, ३० नम्बरका सदस्य विनोद लामिछाने, १६ का सदस्य रामचन्द्र आचार्य, २२ की सदस्य कृष्ण कुमारी पौडेल र २८ की डाल्डादेवी भुजेल पनि सदस्य छन् ।

बिज्ञापन

उनीहरुलाइ समाधानको उपाय सुझाउन ३ दिनको म्याद दिइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक

बिशेष