प्रहरीलाई दिनुपर्छ भन्दै नाकाबाट रकम असुलेपछि…

कैलाली ।गौरीफन्टा नाकाबाट नेपाल आउँदै गरेका एक युवकबाट दुई जना अटो चालकले नेपाली सुरक्षाकर्मीलाई दिने भन्दै पैसा मागेपछि प्रहरीले पक्राउ गरेको छ ।

बिज्ञापन

नेपाल प्रहरीलाई पैसा दिनुपर्छ भन्दै गोदावरी नगरपालिका–२ अत्तरीयाका २७ वर्षीय लोकेन्द्र ओझाबाट पैसा लिने अटो चालक धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने २८ वर्षीय मानबहादुर बयाडी र चौराह बस्ने ३१ वर्षीय करन बोहरा पक्राउ परेका हुन् ।

बिज्ञापन

नेपाल तर्फका सुरक्षाकर्मीहरुलाई पैसा दिनुपर्छ भन्दै ओझाबाट नगद भारतिय २ हजार मागि सुरक्षा संगठनलाई नै बदनाम गर्ने कार्य गरेको हुँदा अटो चालक दुबै जनालाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।ओझाको रकम नगद भारतीय २ हजारसमेत फिर्ता गराइएको छ ।

सुरक्षा संगठनलाई नै बदनाम गर्ने कार्य गरेको भन्दै उनीहरुमाथि कानुनबमोजिम कारबाही अगाडि बढाइएको कैलाली प्रहरीले बताएको छ । ओझालाई उनको पैसा समेत फिर्ता गराइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष