पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनुकुमारी शाही फरार

‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेको आरोप लागेकी प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही फरार भएकी छन् ।

बिज्ञापन

ललितपुर प्रहरी परिसरले उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति मागेको थियो । अदालतले इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनी फरार भएकी हुन् ।

बिज्ञापन

उक्त प्रतिवेदनका आधारमा इन्सपेक्टर शाहीका सवारी चालकसमेत रहेका सहायक हवल्दार महेन्द्र हमाललाई पक्राउ गरिसकेको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताए।

प्रहरी निरीक्षक शाही र उनका सवारी चालक हमाललाई निलम्बन गरिसकिएको छ। हमाललाई पक्राउ गरेर गत शुक्रबार नै हिरासतमा राखिएको छ।

बिज्ञापन

भैँसेपाटी प्रभागमा ल्याएपछि व्यवसायीले आरोपित समूहलाई ३० लाख रुपैयाँ दिएको र रकम बुझाउन जाँदा इन्सपेक्टर शाहीका सवारी चालक पनि साथै गएको खुलेको छ। यस गिरोहसँग प्रहरीसमेत मिलेर व्यवसायीबाट रकम असुलेको छानबिन समितिको ठहर छ।
यस गिरोहको जालमा ललितपुरका घरजग्गा व्यवसायी परेका थिए। उनी युवतीलाई भेट्न सुनसरीसम्म पुगेको र पूर्वका केही जिल्ला यी युवतीहरूसँग घुमफिर गरेको पाइएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष