४ सैनिकको मृत्यु, ६० जनाभन्दा बढी घाइते

उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ। हाइफाको दक्षिणमा २० माइल (३३ किलोमिटर) टाढा रहेको सहर बिन्यामिनाको छेउमा रहेको बेसमा भएको आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएको आईडीएफले जानकारी दिएको हो।

बिज्ञापन

तेल अभिभ र हाइफाको बिचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको थियो । हिजबुल्लाहले आक्रमणको जिम्मेवारी लिएको छ ।

बिज्ञापन

सशस्त्र समूहको मिडिया कार्यालयले बिहीबार दक्षिणी लेबनान र बेरुतमा इजरायली आक्रमणको जवाफमा आक्रमण गरिएको बताएको छ। समूहले उत्तरी इजरायलमा रहेको शिविरलाई ‘ड्रोनको झुन्ड’ प्रयोग गरेर निशाना बनाएको बताएको छ।

इजरायली एम्बुलेन्स सेवा, म्यागेन डेभिड एडोम (एमडीए) ले आक्रमणमा ६१ जना घाइते भएको बताएको छ – जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ। ती मध्ये ३७ लाई एम्बुलेन्स वा हेलिकप्टरबाट आठ क्षेत्रीय अस्पतालमा लगिएको छ ।एजेन्सी

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लाइक र फलोअरको पछि कुद्न राष्ट्रसेवकलाई लगाम

सवारी खरिदमा सचिवलाई ६० लाखसम्म सहुलियतपूर्ण ऋृण र व्याज अनुदान,अन्य कर्मचारीलाई कति ?

२ मन्त्री,एक सचिवसहित १६ कसुरदारलाई सजाय सुनाइँदै

कर्मचारीलाई आचारसंहिता : अब रक्सी र चुरोट सेवन गर्न बन्देज

अर्थसम्बन्धी विभिन्न कानुन संशोधन र खारेज गर्दै

प्रधानमन्त्री कार्यालयमा दुई जना मुख्यसचिव,अवकाशमा गएका सचिवहरु जिम्मेवारीमै

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपालीलाई शहीद घोषणा गर्ने सरकारको तयारी

बिशेष