सचिव आचार्यको “पिर्के सलामी” सार्वजनिक

नेपाल सरकारका बहालवाला सचिवले गीत बजारमा ल्याएका छन् ।

बिज्ञापन

साहित्यिक र सांगीतिक बजारमा सियारा आचार्य उपनामले परिचित सुरेश आचार्यले “पिर्के सलामी” बजारमा ल्याएका हुन । सार्वजनिक भएको हप्ता दिनमै यो गीतलाई दर्शक तथा श्रोताहरुले अत्याधिक मन पराएको देखिएको छ ।

बिज्ञापन

सियरा आचार्य (सुरेश आचार्य)को शब्द,राजन राज सिवाकोटीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका मेलिना राई र लोक प्रिय गायक राजन राज सिवाकोटीको सुमधुर स्वर रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई दिबेश राईले संगीत संयोजन र श्यामस्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
पुजा ठकुरीको निर्देशन,कमल राईको कोरियोग्राफी रहेको उक्त भिडियोमा प्रभात पल ठकुरी र रचना सिवाकोटीको अभिनय रहेको छ। शिव ढकालले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् ।
निजामती सेवामा प्रवेश नगर्दै साहित्य क्षेत्रमा कलम चलाउदै आएका आचार्य सेवाबाहिर रहँदा साहित्य सिर्जनामै घोत्लिन्छन् ।सेवाबाहिर रहँदा साहित्य सिर्जनामै व्यस्त रहने आचार्य जागिरपछि बचेको समयमा निरन्तर संगित क्षेत्रमा लाग्ने बताँउछन् ।

सियराद्धारा रचित गीति एल्बम हाम्रो मौलिक शहर आज, गहिरो छ माया,तिम्रो प्रेरणाले,मुलुकले आज केही खोजिरहेछ, ‘रमाउँदै आयौ’ चुपचाप गीति एल्बमहरु बजारमा ल्याइसकेका छन् । यस्तै हाम्रो मौलिक शहर,न नजर थियो यहाँ न बहर थियो,गहिरो छ माया लगायत गरी एक दर्जन गीतहरु बजारमा ल्याइसकेका छन,आचार्यले ।

बिज्ञापन

पेशाले प्राविधिक अर्थात एरोनोटिकल इञ्जिनियर हुन सुरेश आचार्य । नेपालमा हवाई क्षेत्रको बिषयमा विज्ञ मानिन्छन्,उनी । सहसचिव हुँदा लामो समय पर्यटन मन्त्रालयमा बिताएका आचार्य सचिव भएपछि उक्त मन्त्रालयको जिम्मेवारी पाएनन् कहिले नेपाल ट्रष्ट,कहिले राष्ट्रिय सर्तकता केन्द्र हुँदै शहरी,खानेपानी,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा जल तथा उर्जा आयोग कार्यरत रहेका उनी अहिले अहिले उर्जा मन्त्रालयमा पुगेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष