बाबुरामलाई फाल्दा क–कसलाई फाइदा

नेपाली सेनाबाट उपरथी बाबुराम श्रेष्ठलाई पन्छाएपछि दुई तारे जर्नेल बन्न क–कसलाई कसरी बाटो खुल्यो भन्ने एउटा सूची फेला परेको निकै रोचक परिस्थिति बनेको छ । उनी रहिरहेको भए प्रभुरामको सचिवालयमा बसिसकेका विष्णु खड्का, ज्योतेन्द्र महतलगायतले दुईतारे जर्नेल बन्ने मौका पाउने थिएनन् । बाबुरामलाई किनारा लगाउँदा तत्काल लाभान्वित हुने प्रदीप केसी मध्यपृतना हेटौंडामा कार्यरत छन् । त्यसैगरी फाइदा हुने अर्का अधिकृत हुन् पवन घिमिरे ।
यसबीच कल्याणकारीमा रहेका किरण केसीलाई त्यहाँबाट झिकी उनको ठाउँमा १६ बाहिनीका प्रकाश थापालाई जिम्मेवारी दिइएको छ । फास्ट ट्रयाकमा कार्यरत सहायकरथी विकास पोखरेलको म्याद नथपी इन्दिवर गुरुङलाई काम हेर्नु भनिएको छ ।

बिज्ञापन

उता, रौतहटमा कार्यरत सशस्त्र प्रहरीका एक जना हवल्दारकी श्रीमतीले सेनाका तत्कालीन गणपति गंगाबहादुर बिष्टले आफूलाई स्वीकार्नुपर्ने भन्दै अड्डी कसेपछि त्यो काण्ड निकै जटिल बनेको छ । ती कर्नेलविरुद्ध हवल्दार दम्पतीले हल्चोकमा उजुरी हालेपछि सशस्त्रले छानबिन र कारबाहीका लागि सेनालाई पत्राचार गरिसकेको स्रोतको भनाइ छ । ती प्रहरीकी श्रीमती त्यहाँको एउटा एफएममा काम गर्दै पल्टनभित्रका गतिविधि र काम कारबाहीहरू निकै हाइलाइट गर्थिन् । यसरी स्थानीय तहका पदाधिकारीदेखि लिएर धेरै जनालाई उनले आफ्नो प्रभावमा राख्ने गरेको स्थानीयहरू बताउँछन् । सेनाको ब्यारेकमा लगातार आवत–जावत गरिरहने उनलाई सेनाकै एक पंक्तिले भने हनी ट्रयाप गरेको आरोपसमेत लगाउने गरेको छ । स्थानीय प्रहरी प्रशासन, सिडिओ कार्यालय सबैतिर छुट्टै पहुँच बनाएकी उनले अहिले श्रीमानसहित सँगै लागेर कर्नेललाई आफूलाई स्वीकार्न र श्रीमतीसँग सम्बन्धविच्छेद गर्न दबाब दिइरहेको बताइन्छ ।

बिज्ञापन

उनी चन्द्रनिगाहपुरमा डेरा गरी बस्थिन् । सोही क्रममा गणपति गंगाबहादुर बिष्टसँग निकट सम्बन्ध बन्न गयो । त्यसो त सेनाले आन्तरिक आचरण र अनुशासनको विषय भएका कारण गंगाबहादुरलाई थुनिसकेको छ । सेनाले यसबीच गंगाबहादुरबाट युवतीले केही रकम बुझेको र स्कुटरसमेत खरिद गरेको भन्ने सूचना प्राप्त गरिसकेको बताइन्छ । गंगाबहादुरमाथि जिलेटिनको भत्तामा भ्रष्टाचार गरेको आरोप पनि छ । गंगाबहादुरले त्यहाँबाट रमाना लिएर उनको ठाउँमा अर्कै गणपति गइसकेपछि ती महिला उनीविरुद्ध आक्रामक बनेको बताइन्छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

शाखा अधिकृत पौडेल बर्खास्त

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे

खण्डन तथा क्षमायाचना

बिशेष