भन्सार छलेको कपडा गोदाममा सशस्त्र प्रहरीले बरामद गर्‍यो २१ लाखको कपडा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भन्सार छली गरेर गोदाममा राखेको २१ लाख २१ हजार ८०० मूल्य बराबरको लत्ता कपडा बरामद गरेको छ ।

बिज्ञापन

सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका–१६ नगवा नयाँवस्तीस्थित भारतबाट भन्सार छली ल्याएर घरमा लुकाइछिपाइ राखेको तीनवटा गोदामबाट सो परिमाणमा लत्ताकपडा बरामद गरेको हो।

बिज्ञापन

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले भन्सार छली गरेर लुकाइ राखेको अवस्थामा लत्ताकपडा बरामद भएको जानकारी दिए। सशस्त्र प्रहरीले बरामद लत्ताकपडा र डिसी प्रोटिन पाउण्डर बिहीबार नै वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलको सक्रियतापछि भन्सार छली गरिएका सामान तथा बिलबिजक नभएका सामानको बरामदी ह्वात्तै बढेको तथ्यांकले देखाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले गत आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड २७ लाख ७८ हजार ३३३ रुपैयाँ पर्ने बिलबिजक नभएको र भन्सार छलीका सामान बरामद गरेको थियो। जसमध्ये सशस्त्र प्रहरी बल पर्साले १४ करोड ८९ लाख ४८ हजार ५५६ मूल्य बराबरको सामान वीरगंज भन्सार कार्यालयलाई बुझाएको थियो।

बिज्ञापन

सोही अवधिमा बिलबिजक अनुसार नभएका १९ करोड १६ लाख ९६ हजार ९७५ मूल्य बराबरका सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ। सशस्त्र प्रहरीले २०७९/८०मा भने २४ करोड ३८ लाख ४० हजार ९३१ मूल्य बराबरको सामान बरामद गरेको थियो। प्रहरीले बरामद गरेको सामग्रीमा सबैभन्दा धेरै पेयपदार्थ, लत्ताकपडा, प्याज र मेसिनरी पार्टपुर्जा रहने गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

बिशेष