वाणिज्य बिभाग अनुगमनमा तीब्र

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न ९ वटा फर्मलाई २ दिनको अवधिमा ऐन कानून पालना नगरेको भन्दै एकै दिन ७ लाख ५ हजार जरिवाना गरेको छ ।

बिज्ञापन

मूल्य सूची र दर्ता प्रमाण पत्र नराखेको, रिलेवलिङ गरेको वा गुणस्तर परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको आरोपमा विभागले थकाली किचनसहित ९ वटा फर्मलाई बिहीबार र शुक्रबार गरेर दुई दिनको अवधिमा ७ लाख ५ हजार जरिवाना गरेको हो ।

बिज्ञापन

विभागले शुक्रबार ललितपुरको लबिम मलमा रहेको फ्युचर ब्राण्डलाई मूल्य सूची तथा दर्ता प्रमाणपत्र नराखेको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको छ भने न्यूरोडमा रहेको गोदाबरी बडिखेल स्टोरलाई खरिद बिल बिजक नराखेको भन्दै २० हजार जरिवाना गरिएको छ ।

त्यस्तै, विभागले मिनभवनमा रहेको पिएल क्लोथ स्टोर र सुमनको कपडा पसललाई खरिद बिल बिजक नराखेको भन्दै १०–१० हजार जरिवाना गरेको छ । विभागका अनुसार शुक्रबार नै मध्ये बानेश्वरमा रहेको राजु फ्रेस मिट सपलाई ५ हजार जरिवाना गरेको छ ।

बिज्ञापन

यस्तै विभागले टोलीले बिहीबार त्रिभुवन बिमानस्थलमा रहेको एयरपोर्ट सेकुवाघर एण्ड रेष्टुरा र रिगल एयरपोर्ट होटल प्रालीलाई रिलेवलिङ गरेको वा गुणस्तर परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको भन्दै २–२ जरिवाना गरेको छ । बिहीबार नै नयाँ बानेश्वरमा रहेको खड्का एण्ड स्टोरलाई खरिद बिल बिजक नराखको भन्दै १० हजार जरिवाना गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष