कृषि क्षेत्रमा मात्र साढे ६ अर्ब रुपैयाँको क्षति

अविरल बर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण कृषि क्षेत्रले साढे ६ अर्ब भन्दा बढी रकमको क्षति भएको कृषि मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार झण्डै ३ अर्ब ५० करोडको धानबालीमा क्षति पुगेको छ । अविरल बर्षासँगै आएको वाढी पहिरोका कारण सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर वागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेसहितका २० जिल्लाका ५८ हजार ४७६ हेक्टर धानबालीमा भएको क्षतिको कारण ३ अर्ब ५० करोड रुपैयाँको नोक्सान भएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

यस्तै मन्त्रालयका अनुसार, खोटाङ जिल्लामा मात्र १३ हजार हेक्टरमा लगाएको ७० करोड रुपैयाँको अलैंची खेती नस्ट भएको छ । पर्सामा ८५ हेक्टरमा लगाएको ३४ करोडको उखु खेति बाढीले नोक्सान गरेको छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका ४५८ हेक्टरमा गरिएकोमाछापालनमा भएको क्षति १ अर्ब १३ करोड रुपैयाँको भएको मन्त्रालयले जनाएको छ ।
पाँचथर, धनकुटा, तेह्रथुममा २४ गोठमा क्षति पुगेको, विभिन्न जिल्लाका २६ हजार २०५ पशुन्छीको मृत्यु भएको, २२ हजार हेक्टरमा लगाइएको फूलखेती नस्ट भएको, ४७ सय ४३ हेक्टरको लगाइएको तरकारी क्षति भएको मन्त्रालयले जनाएको छ ।
यस्तै भौतिक पूर्वाधारतर्फ कृषि मन्त्रालय मातहतका लालबन्दी, गोदावरी, खुमलटार, मुसिकोट, फिकल, र्कीतिपुर, नवलपुरसहितका स्थानको कार्यलयमा क्षति पुग्दा १६ करोड बढी नोक्सान भएको मन्त्रालयले जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

शाखा अधिकृत पौडेल बर्खास्त

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे

खण्डन तथा क्षमायाचना

बिशेष